News Portal

  • चौबिसै घण्टा फिल्डमा खटिने नेपाल प्रहरीलाई सुबिधा खै ?

    कर्ण अधिकारी
    ३२९ पटक

    काठमाडौं – राष्ट्र सेवक हुँ भनेर गर्व गर्ने सेना र प्रहरीको बर्तमान अबस्थाको भोगाईको बिषयमा केहि लेख्ने जमर्को गरेको छु। म पनि बिगतमा सेक्यूरिटी फिल्डमै भएको कारणले राष्ट्र र राष्ट्रियता अझै भने जीउँ धनको सुरक्षार्थ खटिएका प्रहरी जवानको बिषयमा कुरा उठान गर्दा मैले पनि केहि सहयोग पुर्याएकी भन्ने आभाष भएको छ।

    बर्तमान समयमा म नेपालको राजधानी काठमाण्डौमा बस्छु दैनिक कार्यका लागि दिन रात नभनी दौड धुप गरी रहदा बीच सडक र चोक चोकमा उभिएका प्रहरीमा कार्यरत ट्राफिक र जनपथ प्रहरीका फूलीवाला ,बिल्लादार र जवानहरूलाई देख्छु उहाँहरू दिन रात नभनी हाम्रै सेवामा खटि रहनु भएको छ । यसरी ड्युटीमा खटिनु भएका प्रहरी जवानसंग केहि दिन अगाडी ड्युटीको बिषयमा कुरा उठान भएको थियो । समय त्यस्तै बेलुकी ८ बजेको थियो मैले उहाँलाई प्रश्न गरे हवल्दार साप हजुरको ड्यूटी कति घण्टाको हो भनेर उहाँले सहजै जवाफ दिनु भयो रातको ड्यूटी १० देखि १२ घण्टा रे।

    उस्तै परे दिनमा १५ देखि १८ घण्टा सम्म पनि खटिनु पर्छ रे। सिम सिम झरी परेको असारको महिना एउटा सरकारी बाईक अनि ड्युटी तेकि दिएको यरीयामा केहि घटना घटी हाले वा कन्ट्रोलले रेडियो सेटमा कलिङ गरे पश्चात घटना घटेको ठाउँमा बिजुली चम्केसरी पुगी हाल्नु पर्ने अबस्था देखियो।

    लोग्ने स्वास्नीको झगडा पर्दा पुलिस,ट्यापे र टोले गुण्डाहरूले हल्ला गरे पुलिस , दिमाख फुस्किएका मनरोगी बाटोमा हिड्दा शंका लाग्यो भनेर कल गर्ने पुलिस,भट्टीमा झगडा पर्यो पुलिस,बालुवा चोरी हुने उत्खनन हुन नदिनका लागि पुग्नु पर्ने पुलिस,चोरी डकैति भयो पुलिस,हुलदंगा भयो पुलिस आन्दोलन भएको ठाउँमा पुग्नु पर्ने पुलिस यस्ता आदि ईत्यादी घटनामा सरीक भएर समस्या समाधान गर्नु पर्ने पुलिसको दुखको बिषयमा २ शब्द न लेखि रहनै सकिन्। हाकिमको अडर मान्नै पर्ने नमिठो भए पनि मेसमा पाकेको दुई गाँस मिठो छ।

    भनेर च्यापेर दौडिनु पर्ने यो दुखको म कसरी चर्चा गरौ २५ देखि ३५ हजारको आसपासमा तलब बुझ्ने प्रहरीहरूको बर्तमान अबस्था देख्दा टिठ लागेर आउँछ । समयमा तलब भत्ता नपाउदा केहि समय अगाडी सामाजिक संजालमा चर्चित हुनु भएका असई सापको रूवाई नै मेरो बास्तविक रूवाई झै लाग्यो । समयमा तलब भत्ता नआउँदा परीवार बच्चा बच्ची कसरी पाल्ने ?

    ए नेपाल सरकार यसको जवाफ देउ । १२ देखि १५ घण्टा सम्म गधा लदाए झै काममा लगाउनेहरूको दिमाग छ की छैन लामो समय ड्युटीमा राख्दा मानसिक तनाव हुन्छ भनेर । बिश्वमा अनुसन्धान तर्फ अति नै राम्रोमा गणना भएको नेपाल प्रहरीलाई दिनमा २ पटक गरेर ३ /३ घण्टाको ड्युटी दिए अझै चुस्त र दुरूस्त हालतमा काम गर्न सकिन्थ्यो। १२ घण्टा ड्यूटी मानसिक टचरमा काम गर्दा परीणाम राम्रो निकाल्न सकिदैन ।

    ड्युटी सकिदा भारी शरीर बोकेर परीवारको यादमा तड्पिएर बसेकाहरूको ओठमा हासो ल्याउने काम नेपाल सरकारले गर्नु पर्ने होईन र ? नेपाली सेनाको झै अलि बढी कोटा दिएर मिसन पठाउन पहल गरीयोस ताकी उसले आफ्नो जीवन कालमा १ पटक शान्ति सेनामा काम गर्ने अबसर जुटोस। त्यसरी नै नेपाल प्रहरीको पेन्सन निस्कनका लागि नोकरी २० बर्ष पुरा गर्नु पर्ने प्राबधानको अन्त्ये गरीयोस।

    २० बर्षलाई घटाएर १६ बर्षमा झारीयोस। ताकी १६ बर्षमा पेन्सन भयो भने उसले केहि समय पारीबारीक अबस्थालाई अर्थको हिसाबमा मजबुद बनाउन बैदेशीक रोजगारमा पनि ब्यतित गर्न सकोस । राशन बिशेषत मेसमा खान पिन राम्रो होस । कहि कतैबाट पनि घोटला नहोस। प्रमोसन दिदा पावरमा आफन्तलाई नभई फिल्डमा फटिने राम्रा र दक्षलाई अगाडी बढाईयोस।बार्षिक बिदा दिदा मिनिमम ४५ दिनको होस ।प्रहरी जवानको छोरा छोरीले रहर गरे पुलिस स्कूलमै पढ्न पाउने अबस्थाको सृजना होस ।नेपाल आर्मी र प्रहरीका जवानहरूलाई दिईने तलबले पकट खर्च पनि धान्न मुस्किल छ।

    पित्ली,पालिस ब्रुस र चिया नास्ता गरे मात्रै पनि महिनाको तलब क्यान्टिनमै बुझाएर सकिन्छ। अनि यस्तो तलबले परीवार कसरी पालिन्छ । त्यसैले फिल्ड खटिने प्रहरीहरूलाई सेवा सुबिधामा हेरफेर गर्नु पर्ने देखिन्छ। आत्म सन्तुष्टी भए पछि मात्र सहि काम लिन सकिन्छ भन्ने कुरा प्रहरी प्रशाशन अझै भनौ संगठनले बुझ्न जरूरी छ। संगठन भित्र राजनिति चलखेल अति नै हुँदै आएकोमा यसको अन्त्य हुन जरूरी छ।

    राजनिति आडमा जुनियरलाई प्रमोसन दिएर अगाडी बढाउने काम बिगत देखि नै हुँदै आएकोले संगठन भित्र राजनिति हस्तक्षेप हुनु हुँदैन । यदि मैले परीकल्पना गरेको कुरा नेपाल प्रहरी भित्र लागु भएको खण्डमा प्रहरी संगठन चुस्त र दुरूस्त हुने थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...