News Portal

  • सत्तारुढ दल नेकपाले पायो वैधानिकता, ऋषि कट्टेलको निवदेन खारेज

    हिमाली संचार संवाददाता
    ४७६ पटक

    काठमाडौं–निर्वाचन- आयोगले सत्तारुढ दल  ‘नेपाल कम्युनिष्ट पार्टी’ (ने क पा) लाई आधिकारिक रुपमा वैधानिकता दिएको छ ।  ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी गरेको थियो ।

    दुई दलबीचको नामको आधिकारिताको विषयमा विवाद भएपछि आयोगले दुबै पक्षलाई बोलाएर छलफल शुरु गरेको थियो ।  आयोगले यसबारे शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई वैधानिक दिने निर्णय गरेको हो ।

    यो विषयमा निर्णय गर्न प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको संलग्नतामा निर्वाचन इजलास गठन भएको थियो  । उक्त इजलासले बहस सुनिसकेपछि ऐन, कानुन हेरेर तथा कानुनी परमर्श गरेर निर्णय गरेको हो ।

    बहसमा सत्तारुढ नेकपाका तर्फबाट मुक्ति प्रधान र बाबुराम दाहाल सहभागी थिए भने ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाबाट कट्टेल सहित दण्डपाणि पौडेल र लोकनारायण सुवेदी सहभागी थिए । ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाले हालेको निवदेन खारेज भएको छ ।

    गएको जेठ ३ गते पूर्व माओवादी र पूर्व एमालेबीच एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीबीच शुरुदेखि नै नाममा विवाद हुँदै आएको थियो ।

    यद्यपि पार्टी एकीकरण भएर बनेको नेकपाले पार्टीको नामपछि कोष्टक चिन्हमा नेकपा राखेको छ ।   आयोगमा हालसम्म दर्ता भएका  ८ कम्युनिष्ट पार्टीहरुले कोष्टकभित्र अर्को नाम राखेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त...

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...

    गैरसरकारी संस्थाको खर्च सीमा तोक्ने विधेयकमा गृह मन्त्रालयले माग्यो राय

    काठमाडौं, भदौ  ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको...