News Portal

संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग राजपाको माग

हिमाली संचार संवाददाता
४६७ पटक

बर्दिवास – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् ।

महोत्तरीको जलेश्वरमा आज सम्पन्न एकदिने पार्टी प्रशिक्षणमा राजपा नेपालका चार जना अध्यक्ष मण्डलका सदस्यले संविधान संशोधनविना मधेश मुद्दाको सम्बोधन पूरा नहुने भएकाले यथाशक्य चाँडै यो विषय टुङ्ग्याउन सरकारसँग माग गरेका हुन् ।

नेता शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजेन्द्र महतो र राजकिशोर यादवसहितका नेताले नेकपाका शीर्ष नेताले संविधान संशोधन गर्ने वचन दिए पनि त्यसको कार्यान्वयनमा उदासिनता देखाएको गुनासो गरे ।

नेता महतोले संविधान संशोधन नभएसम्म हँसिलो अनुहारले बोलेर समस्याले निकास नपाउने बताए । ‘प्रधानमन्त्री स्वयं संविधान संशोधनको कुरामा आफू खुला रहेको त बताउनुहुन्छ’, उनले भने, ‘तर संशोधन प्रक्रिया अघि बढाउने जाँगर देखाउनुहुन्न ।’

नेता महेन्द्रप्रसाद यादव र राजकिशोर यादवले संविधान संशोधनमा भएको अस्वभाविक ढिलाइले सरकार र दलबीच विश्वासको सङ्कट बढ्ने र स्थिति असामान्य हुनसक्नेतर्फ सरकारको दृष्टि पुगोस् भने ।

सो अवसरमा राजपा नेपालका शीर्ष नेताले प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका आफ्ना पार्टीका नेतालाई जनपक्षीय काममा लाग्न र मधेश र मधेशीको समृद्धिको कुरालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...