News Portal

प्रदेश २ को सरकारप्रति जनाए प्रचण्ड असन्तुष्टि !

६२६ पटक

जनकपुर : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रहरी विधेयक पेस गरेको प्रदेश नम्बर २ को सरकारप्रति असन्तुष्टि प्रकट गर्दै दुर्घटना हुने चेतावनी दिएका छन्।

सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष समेत रहेका प्रचण्डले प्रदेश २ का मुख्यमन्त्रीकै सामुन्ने दुर्घटना जोखिम औंल्याएका हुन्।

जनकपुरमा आयोजित कार्यक्रममा प्रचण्डले त्यो कुरा प्रदेश २ को सरकारले प्रदेश प्रहरी गठनको निम्ति अघि बढाएको कानुन निर्माण प्रक्रियाको प्रसंगमा निकालेका थिए।

‘ओभरटेक’

संविधानमा आवश्यकता अनुसार प्रदेश सरकारले त्यसो गर्न सक्ने व्यवस्था छ।

तर केन्द्र सरकारले बनाउने संघीय प्रहरी ऐनले त्यसको बाटो खुला गर्ने बताइन्छ।

मौलिक हक सम्बन्धी ऐनहरू बनाउनु पर्ने बाध्यताले गर्दा संघीय कानुन बनाउन केही ढिलाइ भएको प्रचण्डले स्वीकार गरे।

उनले भने, “तर केही ढिलाइ भयो भन्दैमा संघीय गणतन्त्रको संविधान बनाउने र समानुपातिक एवम् समावेशी मान्यता स्थापित गर्न अगाडि बढेको नेतृत्वलाई उछिन्न खोज्दा गल्ती हुन्छ, म मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईंले ‘ओभरटेक’ गर्न थाल्नु भयो भने दुर्घटना हुन्छ, दुर्घटना ननिम्त्याउँ।”

उनले दुर्घटनाबारे प्रष्ट चर्चा गरेनन्। तर उनको अभिव्यक्तिबाट सङ्घीयता लगायतका उपलब्धि गुम्ने जोखिमतर्फ उनको सङ्केत रहेको प्रष्ट बुझिन्थ्यो।

मुर्खता

प्रदेश निकम्मा र सङ्घीयता असफल भइदिए हुन्थ्यो भन्ने मान्यता राख्ने मान्छेहरू रहेको उनले आफ्नो बुझाइ सुनाए।

त्यही सिलसिलामा प्रचण्डले भने, “हामीले भने जस्तो अझै भएको छैन तर हामी अगाडि बढ्छौं। तर दुर्घटना हुने गरी अगाडि नबढौं, आफूले पाइसकेको अधिकार गुम्ने गरी अगाडि बढियो भने बुद्धिमानी हुँदैन त्यो मुर्खता हुन्छ।”

त्यति भनेका प्रचण्डले प्रदेशको मागप्रति आफू गम्भीर र संवेदनशील रहेको भन्दै प्रदेश सरकारलाई आश्वस्त पार्ने प्रयास समेत गरे।

उनले स्थानीय तह र प्रदेशैपिच्छे कर लगाउँदा उत्पन्न हुने असन्तुष्टि सङ्घीयताजस्ता परिवर्तन उल्ट्याउने कारक बन्न सक्ने चिन्ता केही महिनाअघि व्यक्त गरेका थिए। बिबिसी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...