– प्रीति अर्याल
उल्लासकाे मुस्कानले
सर्लक्क मेरो गाउँ
सजिएको तस्बिर
अाँखामा नाचिरहेछ
बिगत बनेर
वियोगकाे कारुणिक
बेदनाले छट्पटीन्छ मुटु
बिरानो परदेशमा
अभावकाे गरुँगो
पहाडले थिचे पछि
सिन्दुर लत्पतिएकाे
मलिनाे तिम्रो मुहार
दैलाेमा छाेडेर
एउटा नयाँ टाेपी
एउटा नयाँ धाेति
अाँखिझ्याल तिम्रो चाैबन्दी
अनि ,केही
खुशीका अाकाक्षाहरु
किनेर ल्याउने
चाहाना मुटु भरि सजाउदै
हवाई जहाज चढेर
खाडी छिरेको मान्छे म
बन्धकमा राखेको
अामाकाे एक जाेडि टप
बारिकाे एक पाटा
एक हल गाेरु
बाेडिङ्काे न्यानाे स्पर्श
सन्तानकाे सुनाैलाे भबिस्य
चारै तिरबाट घामका किरण
अाेछ्यानसम्म अाउने
ती भित्ताका चाेया
रङ्गाउने झिनो यथार्थ
थाती राखेर
काेमल तिम्रो ह्दयमा
जीबनकाे एक अंश छाेडेर
हवाई जहाज चडेर
खाडी छिरेको मान्छे म
कहिलेकाही लाग्छ
कमाउनु भन्दा
धेरै गुमाए छु
फक्र्दै , फुल्दै गरेको बैँस
प्रणयका सुगन्ध
ताते ताते गर्दै गरेका सन्तति
अनि
ताेते बाेलि बाेल्दै गरेका
सन्ततिका ह्दयस्पर्शि
साङ्गीतिक तरङ्गहरु…………… ………..?
प्रीति अर्याल
काठमाडौं