काठमाडौंँ। १९०३ मा लेखक Leo Talkstoy (लियो टल्स ट्वाय)ले ओन्डर बुक भन्ने अग्रेजी पुस्तकमा एउटा लेख लेखे, जसको शिर्षक थियो, Three question of the king राजा Julian (जुलियन)का तीन प्रश्न ? राजा जुलियन धेरै राम्रा बिद्धानका साथै बिकाश प्रेमी थिए, तर उनीलाई जन चाहना अनुरुप काम गर्न त्यहाका अनुदारबादी, भ्रष्ट कर्पोरेटहरु प्रधानमन्त्री, मन्त्री, कर्मचारी प्रशासनले काम गर्न दिएका थिएनन्, राजालाई सधै डर, त्रासमा राखेर आफ्नो भ्रष्ट मनोकांक्षा पुरा गर्नु नै उनिहरुको उद्देश्य थियो, राजाले देश छोडेर जावस, अथवा राजालाई मार्ने उनिहरुको योजना थियो, तर राजा भने आफ्नो देश र जनतालाई छाडेर जाने पक्षमा थिएनन् , उनी आफ्नो उद्देश्यमा कर्मठ थिए।
राजा जुलियन भाग्दै, लुक्दै हिंडिरहेका थिए, त्यसैमा उनी लुकेको ठांउ पत्ता लगाएर ति दुष्ट पुगे, मार्न खोजे त्यहाबाट पनि राजा भाग्न सफल भए, भाग्दैभग्दै जंगललै जंगलको बाटो कुनै बस्ति छैन, हैरान भएका राजाले केहि पर खोलाको किनारमा सानो कुटी देखे, राजा त्यहि दौडदै कुटिको भित्र लुक्न पुगे, कुटिको जोगी आफ्नो बगैंचामा फूल, तरकारी गोडी रहेका थिए, ति जोगीले देखे नदेखेको गरेर निहुरिएर आफ्नो काम गरिरह्यो, ति जल्लादहरु आएर जोगीलाई सोधे ? तिमिले एकजना भाग्दै आएको ब्यक्तिलाई देख्यौ ? जोगीले निहुरिएर छैन भन्ने संकेत दिदै टाउको हल्लायो, तिनिहरु गए।
जोगीले राजालाई बाहिर आउने संकेत गर्यो र राजालाई अब तिमी जान सक्छौ भने, तर राजा आफ्नो तिन प्रश्नको उत्तरको खोजिमा थिए, आफ्नो बेदना बताए र जोगीसंग आफ्नो प्रश्नको उत्तर पाउन आग्रह गरे, राजा जुलियनको, प्रश्न:
१. What is the right time ? कुन समय महत्वपूर्ण हो ?
२. who is the right person need most ? कुन कस्तो ब्यक्ति मेरो लागि महत्वपूर्ण हुन सक्छ ?
३. And what affairs are the most important ? कुन काम धेरै महत्वपूर्ण छ ?
जोगीको उत्तर- जोगी थिए Hermit हर्मिट, उनले उत्तर दिए र भने, तिम्रो प्रश्नको उत्तर तिमी आफैसंग छ, जस्तो:
१. present time is the most important – बर्तमान समयनै महत्वपूर्ण समय हो, जबकी तिमी अहिले सुरक्षित छौ।
२. most important person is one with whom we have at a particular time – बर्तमान समयमा जुन ब्यक्ति तिम्रो साथमा हुन्छ, त्यहि ब्यक्ति तिम्रो लागि महत्वपूर्ण हो, र उसले भनेको काम नै महत्वपूर्ण हुन्छ, जसले राजाको ज्यान बचाएको थियो राजा झस्किए र प्रशन्न भए।
३. The most important affaris is to do good with that person – बर्तमान समयमा आफुसंग साथमा भएको ब्यक्तिले जे काम गर्न सुझाव दिन्छ, त्यहि नै महत्वपूर्ण हो।
राजा जुलियन धेरै खुसी भए, जोगी हर्मिटले राजालाई सम्झायो,मं पनी तिमिलाई मनपराउने ब्यक्ति त थिईन, तर तिमी मेरो सम्रकक्षणमा थियौ, तिमिलाई बचाउनु मेरो कर्तव्य र धर्म थियो, राजा जुलियन आफ्नो प्रश्नको सहि उत्तर पाएर खुसी हुँदै हर्मिटसंग बिदा भएर गए, उनको शासन राम्रोसंग चल्यो, अटल भयो, त्यसैले राजा दरवारभित्र सानले बस्ने मात्र होईन जनताको साथमा रहेर जनताको दुःखसुखमा साथ दिने र समय सापेक्ष रुपमा चल्ने हुनुपर्छ भन्ने नै हो।
यी कुराहरु यस कारण स्मरण गर्न खोजिएको हो, अहिले हाम्रो देशको स्थिति यस्तै अवस्थाबाट गुर्जि रहेको छ, देशमा राजा छैनन्, गणतन्त्रबादी शासन शैलिबाट जनताले न्यायलगायत सामान्य आबस्यक्ताको समेत अनुभुती गर्न पाएनन्, सत्ता जन भावना अनुरुप चलाउनै सकेका छैनन्, चुलिँदै गएको, जनताको असन्तुष्टि, भ्रष्टाचारले आक्रान्त पिडित जनताहरुको आहट सुन्ने राज्य संचालक नहुदा देश दुर्घटना हुनबाट जोगाउनपर्ने कर्तव्यलाई ध्यानमा राख्दै, दुखित भएर, राजा ज्ञानेन्द्र शाहले एक प्रस्ताव पार्टिहरु र जनताको माझमा राखे, प्रस्तावमाथि पार्टिहरु गम्भीर भएको र मनन् गरेको देखिदैनन्, अहम र घमण्डले भरिएका राष्ट्रिय ढुकुटीको दोहन गर्न पल्कि सकेकाहरुबाट आसा राख्नु पनि सकिदैन, राजाको सकारात्मक सुझाबको उत्तर दिन सकेका छैनन्, र दिने पनि छैनन्, अब जनताहरुले नै राजालाई साथ दिनुपर्छ, अब समय आयो, हिजो तत्कालीन ७ पार्टि र राजासंग भएको ५ बुंदे सहमतिको जबाफ माग्ने, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाज्यूले जसलाई आफ्नो दुत बनाएर शन्देश पठाएका थिए “सरकार अहिले सकिएन केही समय पछी उपयूक्त समयमा सरकारलाई आफ्नो स्थानमा ल्याउने छौ” ! तर त्यो समय १६ बर्षसम्म आएन, शन्देश बाहक ब्यक्ति अहिले पनि छन्, सोध्ने उपयूक्त समय पनी भयो र त्यो ५ बूदे सहमतीलाई अक्षरस लागु गर्नुपर्ने समय ढिलो हुनु भएन, देश झन पछी झन खतरामा पर्ने देखिदै छ, देश र जनताको रक्षार्थ राजालाई उनको स्थान दिन जरुरी छ, यसैमा देश र जनताको भलाई देखिन्छ, यसको लागि जिम्मेवारी बन्न जरुरी छ, जुन बिश्वासलाई साथ दिनु राजाको कर्तव्य पनि हो, र जनताले पनि देश जोगाउने हो भने राजालाई पूर्ण साथ दिनुपर्छ र राजा, जनता, पार्टीहरु मिलेर देश चलाउनुको बिकल्प छैन, सबैको समयमै ध्यान खुलोस, जय पशुपतिनाथ।
जय नेपाल।
(लेखिका थापा नेपाली कांग्रेसको पूर्व सांसद हुनुहुन्छ।)