News Portal

कविता – “बाध्यताले बनायो परदेशी”

हिमाली संचार संवाददाता
१०१३ पटक

– माधब पौडेल “असल यात्री”

माख्लाघरे काइलो संग अामैको सुनको जन्तर राखि
दस हजार लिएको दिन सम्झन्छु
घाम पानिको प्रवाह नगरी घन्टौ पैदल यात्रा गर्दै सदरमुकाम पुगेको दिन ।
हो धेरै
खुशियालीको बहार छाएको थियो
राहादानि मेरो हात परेको दिन
गाँउमा साथीसंगिहरु बिच मेरो बारे
खेलाबैला भएको थियो ।

सम्झे ब‌ैदेशिक यात्राकै लागि संघर्ष गर्न
अामा ले तयार पारिदिएको मकैभटमास बोकि
राजधानी हिडेको दिन ।
मेनपावरमा राहदानी पेशि
मेडिकल र पुलिस रिपोर्ट तयार गर्न
लामबद्ध भएको दिन ।

अझै सम्झे खुशी बोक्दै सम्झे
भिसा लाग्यो भन्ने खबर बोकि
बिदा बादि हुन गाउँ फिरेको दिन
अनि
अनेकौं सपना सजाएर बुबाअामाको
अाशिर्वाद शिरोपर गर्दै
भर्खरकि नवदुलहिलाई
महलमा राख्छु भनी घर छोडेको दिन

फेरि सम्झे
सम्झदा सम्झदै ती दिनहरु
मनमा सुन्यता छाउन थालेको थियो जब जब
ठुलो चील गाडिले निल गगन चुम्दै गर्दा
मेरो मन पनि चिस्सिदै गरेको थियो
लाटो देशमा गाँणो तन्नेरी बनी म खाडिमा झरेको दिन ।

हो अाज पनि सम्झिरहेकै छु
ती मेरै हातले रोपेको बगैचाका बोट बिरुवाहरु
तेहि चौतारी तिनै दौतरि अनि
हाम्रै अाँगनिमा दानाको बाटो कुर्दै बस्ने परेवाहरु ।

थाहा छैन अझै कति दिनहरु
सम्झनामा बित्छ मेरो
मायाको चिनोले घर्ती टेक्दै
बामे सर्दै टुकु टुकु हिड्दै
अामाको मोबाइल खोस्दै
तोते बोलिमा बाबा भन्न लागि सक्यो ।
अाँखाभरि अाशुका बलिन्द्रा झार्दै
शिवले बिष वमन गरे झै तेहि अाँशु सुकाउदै
बाबा झट्टै अाउछु भन्ने
झुठो अाश्वसन बाहेक
के न‌ै दिन सक्छु र जवाफ बाबू तिमिलाई
न तिमिले मेरो कुरा बुझ्छौ न त बाबाको अर्थ नै ।

रहर त छनि छिट्टै घर जाऊ
अामा र दुलहिलाई हङकङ को लुङगी
छोरो लाई उड्ने हेलिकप्टर लैजाऊ
बाबालाई कान बटारेर सुन्नृे रेडियो
अनि सिको फाइभ घडि
साथि संगिहरुलाई चमेलिको तेल उपहार दिऊ
महल बनाउन नसके नि छानो टिनले छाऊ

तर के गर्नु यो अरबिले कुरो बुझेपो
छुट्टी माग्यो कि उसकै भाषामा (बादेन)पछि भन्छ
ईन्साअल्ला(भगवान भरोषा) भन्छ ।
ख‌ै सम्झँदा सम्झँदा कयौं रात अनिदो नै बितिसक्यो
एक्लोपनमा झार्ने अाँशु रुदा रुद‌ै सुकिसक्यो ।

इच्छा त छनि मनमा
बाध्यताले बनायो परदेशि मलाई
रहरले नै स्वदेश फर्कने
लाहुरे बनि डोरिले बाधेको झिटि गुन्टा बोकेर
नेपालको एयरपोर्ट झर्ने
सुख दुख गर्दै परिवार संगै
खोले सिस्नु खादै सेतो हिमाल हेर्ने।।

प्रतिकृया दिनुहोस्

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...