News Portal

राष्ट्रपतिसँगको पराजुलीको दसैं टीकाको शैली सामाजिक संजालमा ‘भाइरल’

८७६ पटक

काठमाडौं : दसैंको टीकाको दिन (शुक्रबार) राष्ट्रपति कार्यालयमा लगाइएको टीकाको शैलीले सामाजिक सञ्जालमा बहस उब्जाएको छ । टीका लगाउने बेलामा राष्ट्रपति विद्यादेवी भण्डारी कुर्सीमा बसेको देखिन्छ भने उनीसँग टीका लगाउने अन्य विशिष्ट नागरिकमध्ये कोही कुर्सीमा बसेर, कोही उभिएर र कोही घुँडा टेकेर टीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

त्यसरी टीका लगाउने क्रममा विभेद गरिएकोमा सामाजिक सञ्जालमा राष्ट्रपति कार्यालयको व्यवस्थापनका बारेमा प्रश्न उब्जिएको छ । सामाजिक सञ्जालमा सबैभन्दा बढी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको तस्बिरले चर्चा पाएको छ । उनले घुँडा भुइँमा धसेर राष्ट्रपतिसँग टीका लगाएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनलाई टीका लगाउने क्रममा कुर्सीमा राखिएको छ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली दम्पती, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल दम्पती, सभामुख कृष्णबहादुर महरा दम्पती, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल दम्पती, अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रपति भण्डारीका छोरी–ज्वाइँलगायतलाई भने कुर्सीमा राखिएको तस्बिर सार्वजनिक भएको छ ।

उता, नेकपाका सचिवालय सदस्य वामदेव गौतम दम्पती भने टीका लगाउने क्रममा उभिएका देखिन्छन् । त्यसैगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एउटा घुँडा टेकेर निहुरिएर राष्ट्रपतिबाट टीका लगाएका छन् ।

सामाजिक सञ्जालमा राष्ट्रपति कार्यालयको टीकाका बारेमा धेरै चर्चा भएको विषयमा राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्मासँग बाह्रखरीले जिज्ञासा राख्दा उनले आफूले पनि त्यस्तो चर्चा थाहा पाएको बताए । ‘‘म दसैंमा पोखरा गएको थिएँ । भर्खर आएर कार्यालय छिरेको छु । कसरी यस्तो भयो, हामी छलफल गर्छौं,” उनले भने ।

उता, टीका भाइरल भएपछि पूर्व प्रधानन्यायाधीश पराजुलीले फेसबुकमा जथाभावी फोटो राखिएको भन्दै आपत्ति जनाएका छन् । ‘‘सत्यतथ्य नबुझी फेसबुकमा जथाभावी फोटाहरू विकृत तवरबाट राख्नु र कसैको उपहास गर्नु कानुनतः अपराध हुन्छ र त्यो कार्य शिष्टाचारीहरूको मर्यादा र नैतिकताले दिँदैन,’’ उनले फेसबुकमा भनेका छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...