News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेकपाद्वारा सांसद मानन्धरको राजीनामा पत्र अस्वीकृत

    हिमाली संचार संवाददाता
    ५१४ पटक

    नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने  निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    प्रवक्ता श्रेष्ठले भने, ‘सचिवालय बैठकले संघीय संसद्‌का सांसद रामवीर मानन्धरले राजीनामा दिन दिनुभएको स्वीकृति पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ।’ उनका अनुसार अब तत्काललाई उपनिर्वाचनमा नजाने र वामदेव गौतम चुनाव नलड्ने निष्कर्ष निकालिएको छ।

    बर्दियाबाट गत निर्वाचनमा पराजित नेकपा नेता गौतमलाई सांसद बनाउन काठमाडौं ७ खाली गर्ने तयारीपछि सांसद मानन्धरले राजीनामाका लागि पार्टीलाई स्वीकृति पत्र दिएका थिए। तर, गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाएमा पार्टी र सरकारलाई नोक्सान पर्ने भन्दै नेकपाभित्र चर्को विवाद भएपछि उक्त विषय तत्काललाई स्थगित गरिएको थियो।

    त्यस्तै नेकपा बैठकमा सरकारको विषयमा संसद्‌मा नेता माधवकुमार नेपालले गरेको टिप्पणी, पार्टीका तल्ला तहको एकीकरणलगायत विषयमा पनि छलफल भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले कान्तिपुरसित भने, ‘माधव कमरेडले संसद्‌मा बोलेको विषय, नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउने र पार्टीको आन्तरिक विषयमा सकारात्मक छलफल भयो।’ उनले पार्टीको तल्ला कमिटीहरुको समायोजनको विषयमा भोलि १ बजेका लागि फेरि बैठक डाकिएको बताए।
    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले पनि पार्टी समायोजन विषयमा छलफल गर्न भोलि (सोमबार) दिउँसो १ बजे बालुवाटारमै बैठक बस्ने तय भएको जानकारी गराए।
    साभार kantipur बाट

    प्रतिकृया दिनुहोस्

    रोल्पामा निर्दोष कुकुरको क्रूर हत्या : दुई किशोर पक्राउ, एक अझै फरार

    रोल्पा, वैशाख ७ – रोल्पा जिल्लाको लुङग्री गाउँपालिका–७ स्थित हारजङ भन्ने गाउँमा एक हृदयविदारक घटना...

    राप्रपाको प्रदर्शनमा शीर्ष नेताको अनुपस्थिति, विक्रम पाण्डे निषेधित घेराबाटै फर्किए

    काठमाडौं, वैशाख ७ – काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शन निषेधित...

    काठमाडौंका सडकमा ट्राफिक जाम, प्रदर्शन र सुरक्षा व्यवस्थाले सवारी अवरुद्ध

    काठमाडौं, वैशाख ७ — राजधानीका प्रमुख सडकहरू आइतबार बिहानदेखि सवारी चापले अस्तव्यस्त बनेका छन्। शिक्षक...

    काठमाडौंमा सुरक्षा कडा, निषेधित क्षेत्र नाघे कडा कारबाही हुने चेतावनी

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै...

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...