News Portal

नेकपाद्वारा सांसद मानन्धरको राजीनामा पत्र अस्वीकृत

हिमाली संचार संवाददाता
६५१ पटक

नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने  निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘सचिवालय बैठकले संघीय संसद्‌का सांसद रामवीर मानन्धरले राजीनामा दिन दिनुभएको स्वीकृति पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ।’ उनका अनुसार अब तत्काललाई उपनिर्वाचनमा नजाने र वामदेव गौतम चुनाव नलड्ने निष्कर्ष निकालिएको छ।

बर्दियाबाट गत निर्वाचनमा पराजित नेकपा नेता गौतमलाई सांसद बनाउन काठमाडौं ७ खाली गर्ने तयारीपछि सांसद मानन्धरले राजीनामाका लागि पार्टीलाई स्वीकृति पत्र दिएका थिए। तर, गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाएमा पार्टी र सरकारलाई नोक्सान पर्ने भन्दै नेकपाभित्र चर्को विवाद भएपछि उक्त विषय तत्काललाई स्थगित गरिएको थियो।

त्यस्तै नेकपा बैठकमा सरकारको विषयमा संसद्‌मा नेता माधवकुमार नेपालले गरेको टिप्पणी, पार्टीका तल्ला तहको एकीकरणलगायत विषयमा पनि छलफल भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले कान्तिपुरसित भने, ‘माधव कमरेडले संसद्‌मा बोलेको विषय, नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउने र पार्टीको आन्तरिक विषयमा सकारात्मक छलफल भयो।’ उनले पार्टीको तल्ला कमिटीहरुको समायोजनको विषयमा भोलि १ बजेका लागि फेरि बैठक डाकिएको बताए।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले पनि पार्टी समायोजन विषयमा छलफल गर्न भोलि (सोमबार) दिउँसो १ बजे बालुवाटारमै बैठक बस्ने तय भएको जानकारी गराए।
साभार kantipur बाट

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...