News Portal

संसारलाई लोभ्याउने मुलुक आज हेर्दाहेर्दै यस्तो हालतमा पुग्यो !

गरिब जनताको गाँस, बास खोसेर (MCC)एमसिसिको सब-स्टेशन प्रसारण लाईनको लागि दिनुपर्ने, मुआब्जासमेत नदिई जग्गा नापजाँच गर्न जानुलाई के भन्ने ?

कमला थापा
७८४ पटक

काठमाडौ। नेपाल एउटा यस्तो देश हो, यहाँको जस्तो भौगोलिक बनावट, हिमाल, पहाड तराई हिमालबाट बग्ने हिमशृङ्खला, पहाड जंगलले दिने अमूल्य जडिबुटी, हरियाली, स्वच्छ हावापानी, खनिज, तराई जस्तो उर्वरा भूमी, अन्नको भण्डार, बिबिध धर्म, संस्कृति, भेषभुषा बिबिधता भित्रको एकतामा रहेको मूलुक, सामाजिक रितिरिवाज, परम्परा र आफनै सामाजिक सहिष्णुतामा रहेको संसारलाई लोभ्याउने मुलुक आज हेर्दाहेर्दै कस्तो हालतमा पुग्दैछ र पुर्याईदै छ। लाग्छ शिप नभएको, कला बिनाको कालिगढले बनाएको मूर्ति जस्तो, न यूवा अटाउने, न त बिद्धान, न त मध्यमवर्ग, न निमुखा, गरिब कसैको लागि उचितस्थान दिन नसक्ने निरिह देश बनाउदै जनता लखेट्ने लठैतहरुको हातमा देश पुग्यो, यो सबै अरुका कारणले मात्र नभई हाम्रै लोभि, पापी, निर्दयी अकर्मण्य गठबन्धनकारी नेताहरुका कारण।

यो पनि पढ्नुहोस।

कांग्रेसले प्रचण्डलाई नमागेको भिख दिएर के साबित गर्न खोजेको ?

हिजोसम्म जहाँ जे जति बिग्रिएको भत्किएको केवल राजसंस्थालाई मात्र दोष दिईन्थ्यो, आज राजसंस्था छैन, तर आज जनताका छोराछोरीहरुले चलाएको मूलुक, तत्कालीन शासनशैलीलाई माथ गर्ने अबस्थामा पुगेको छ, हिजो एउटा राजसंस्था बढि ठानिन्थ्यो, आज हरेक पार्टिका नेताहरु हजारौं राजाका रुपमा उदय भएका छन्, पुराना भन्ने पार्टिहरुको अदुरदर्शिताले जन्माएको हालको राजनिति अबस्था हेर्दा हामीलाई लाज लाग्नु पर्ने, हिजो राणाशासनको बेला शासकहरुको श्रीमतीका कोखमा छोरा रहेछ भने जन्मिदै जर्नेल भनिन्थ्यो रे आज त्यहि भएको छ, नयाँ पार्टी सांसद हुने बित्तिकै उप-प्रधानमन्त्री, फूल मन्त्री, सहायक र राज्य मन्त्रीको त परम्परा नै सकियो लोकतन्त्रमा, राजतन्त्रको पालामा कति शिक्षित योग्यता, दक्षता भएका ब्यक्तिहरुलाई पनि पहिला सहायक मन्त्रीबाट सुरु गरिएको हुन्थ्यो, अहिले सायद गणतन्त्रको उपहार होला, आगामी दिनमा फूल मन्त्री पनि हैन सबै उप-प्रधानमन्त्री मात्र बनाउने, अनि काम चांहि सस्तो लोकप्रियताका लागि, निर्देशन दिदै, सडकका खाल्डाखुल्डी पुर्ने, सार्बजनिक बस चढेको ढोंग देखाउने, त्यो पनि मिडियाको बथान लिएर, कति रमाइलो।

अझै त्यो भन्दापनि बढि बिद्युत प्राधिकरणका निर्देशक र प्रहरी बटालियनसमेत लगाएर लप्सी फेदिका गरिब जनताको गाँस, बास खोसेर (MCC)एमसिसिको सब-स्टेशन प्रसारण लाईनको लागि दिनुपर्ने, मुआब्जासमेत नदिई जग्गा नापजाँच गर्न जानुलाई के भन्ने ? हैन भने २/३ बर्षपछि लोडसेडिङको मार खेप्नु पर्ने निर्देशकको धम्किपूर्ण भनाइ, सायद त्यसैले नेताका श्रीमती र नेताहरुले जनतालाई “बिना ढेउवा र फ्री भिसा-फ्री टिकटमा” बिदेश पठाउने, जनता मास्ने सबै आफ्ना आफन्त र हरुवा चरुवा, माफियाबाट देशमा राज गर्ने देशलाई बिदेशीको क्रिडास्थल बनाउने रणनीति साम्यवादी सिद्धान्तको होला विश्वबाट उन्मुलन भैईसकेको साम्यवाद, नेपाल यस्तो उर्वरा भएको छ, नेपाली कांग्रेसको नेतृत्वलाई गठबन्धनको उपहार दिनु भएकोमा बधाई छ।

(थापा पुर्व संविधानसभा सदस्य हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...