News Portal

कांग्रेसले प्रचण्डलाई नमागेको भिख दिएर के साबित गर्न खोजेको ?

कमला थापा
७१७ पटक

(पुर्व सांसद कमला थापा/तस्बिर: हिमालीसंचार)

काठमाडौ। नेपाली कांग्रेसको ‌१४औं महाधिवेशनको‌ उदघाटन समारोह भृकुटी मण्डपमा हुदै गर्दा सबै पार्टीका नेताहरु आमन्त्रित थिए, नेताहरुले बोल्ने क्रममा राप्रपाका राजेन्द्र लिगंदेनजीले मिठो सैलीमा आजकल नेताहरुको भाउ र नाम सारै बदनाम भएको छ, गांउघर जिल्लातिर नेता आउँदै हुनुहुन्छ भोलिको‌ कार्यक्रममा तपाईहरु सबै जना आउनुहोला भनेर निमन्त्रणा गर्यो भने चौतारीमा बसेर भलाकुसारी गर्दै गरेका महानुभावहरुको जबाफ हुन्छ- को नेता आउने भएछ “उहि चोर नेताहरु त होला नी” भन्छन् , त्यसैले नेताहरुको नाम, काम र भाउ यसरी घटेको छ भन्दा कांग्रेसका सारा महाधिवेशन प्रतिनिधको गडगडाहट ताली खानु भएको थियो, प्रचण्डजी बोल्दा सोध्नु भयो त्यो कुरा साचो हो ? होईन भन्दा फेरी अर्को गडगडाहटका साथ मासबाट हो….ओ….हो भन्ने‌ जवाफि ताली पाउनु भयो, फेरि ओलीजीले आफ्नो उखानी सैलिमा ” भर्खर भर्खर जन्मिएको बाछो ” छिटै दौडन खोज्छ, अहिले ओलीजीलाई सोध्न मन लाग्छ ” ओलीजी तपाईले बाछोलाई कति छिटै दौडने बनाउनु भएछ हैन ?

लिगंदेनजीले चुनाब लडदै गर्दा उहांको १३ बुदें घोषणा पत्र आएको थियो, जसमा संबैधानिक राजतन्त्र र हिन्दू धर्म, लगायतका बुदा थिए, संसदको पहिलो दिनमै प्रमुख तीन बूदा पेश गर्ने वचन गर्नू भएको थियो, हिन्दू राष्ट्रसहितको राजतन्त्र र संघियताको खारेजी तर पहिलो बैठक लगायत उप-प्रधानमन्त्री भैईसक्नु भयो खै आएन त ? के क्याबिनेट बैठकमा ल्याउनुहुन्छ ? त्यो संभब छ ? संसदिय ब्यबस्थामा क्याबिनेट भनेको अन्तिम निर्णय प्रधानमन्त्रीको हुन्छ, त्यसमा मन्त्रीहरुले बिमति राख्न पाउने अधिकार नै हुदैन, संसदमा आवाज उठाउनु प्रस्ताव गर्नु जस्तो हैन, संसदमा उठाउनु त्यो प्रस्तावमाथि छलफल हुनु हो, सरकारमा सामेल हुनुले त्यो मौकाबाट चुक्नु हो, उहालाई भोट दिने जनताले उहांको यो कुरा भुल्नु हुँदैन, त्यस्तै आफुलाई बरिष्ठ पत्रकार भन्ने महोदय लगायत, उहांहरुले उठाएको भ्रष्टाचार, नाताबाद भ्रष्टाचार, बलात्कार, अन्याय, अत्याचारका बिषयमा उठाउनुभएको जनपक्षीय आवाजहरुलाई भोली पुरा गर्न सक्नुहुन्छ की हुँदैन, अब त्यो ठाउँमा आफुहरु नै पुग्नुभएको छ, शत्तामा मात्र नभएर शत्ताको पनि उच्च पदमा पुग्नु भएको छ, पिडित जनताहरुले छिटै न्याय पाउछन् भन्ने आसा गर्न सकिन्छ होला नी ? कि‌ कतै पदिय उन्मादमा संसद भवन भित्र परिवारसंग फोटो सेसनमै र ओलीजीको भाषामा भर्खर जन्मिएको बाछाबाछी उफ्रिदै दौडन खोजे जस्तो हो ? हेर्न बाँकी छ।

रह्यो कांग्रेस, पोल्टाको भुईमा असरल्ल पोख्दै, बाटाको टिप्न लाग्नु र नल गोडेनी फल‌ लाग्ला कि दिदैन भन्दै अहिले एकआद पदको लोभमा प्रतिपक्षको भूमिकासमेत धरापमा पार्दै प्रचण्डजीलाई नमागेको भिख दिएर के साबित गर्न खोजेको ? जसलाई कांग्रेसले भोट दिएर बचाब गर्नुपर्ने कुनै जरुरतै थिएन, उसले प्रयाप्त समर्थन प्राप्त गरिसकेकै छ, यसले सानो संकेत के चांहि दिन सक्छ भने ओलीजीको योजना हिजो आफुलाई लागेको दाग मेटाउन २/३ महिना भित्र प्रचण्ड सरकारलाई आफुले जोडेका पार्टिहरुलाई समर्थन फिर्ता गर्न लगाएर हिजो आफु माथि लागेको दाग मेटाउने कुटिल भावनाबाट सरकारलाई बचाउन सक्ने मात्र एउटा कडि हुन सक्छ भन्ने कांग्रेसको उदारवादी सोचबाट हेर्न सकिन्छ, अन्यथा यो कांग्रेसको आफ्नै लागी आत्मघाती निर्णय भन्दा केहि हुन सक्दैन।

यो पनि पढ्नुहोस।

संसारलाई लोभ्याउने मुलुक आज हेर्दाहेर्दै यस्तो हालतमा पुग्यो !  

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...