News Portal

  • महेश बस्नेतले आफ्नै क्षेत्रमा पनि लिन सकेनन् दुर्लभ थापामाथि अग्रता

    हिमालीसंचार संवाददाता
    ३७५ पटक

    काठमाडौँ। कडा चुनावी प्रतिस्पर्धा भएको भक्तपुर-२ मा निवर्तमान सांसदसमेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेका काँग्रेसका दुर्लभ थापालाई उछिन्न मुस्किल परिरहेको छ।

    एमालेले जितको अपेक्षा राखेको यस क्षेत्रमा सुरुदेखि नै काँग्रेसका उम्मेदवार थापाले अग्रता लिइरहँदा बस्नेतलाई आफ्नो प्रभाव क्षेत्रको मत गन्दा सहज हुने अनुमान थियो। तर बस्नेतको आफ्नै बसोबास रहेको र विकास निर्माणका योजना पुर्‍याएको क्षेत्र गुण्डुको मतगणना सकिँदासमेत उनले थापासँगको मतान्तरलाई घटाउन सकेका छैनन्।

    समान अनुपातमा अग्रता लिइरहेका थापा र पछ्याइरहेका बस्नेतबीच चर्को प्रतिस्पर्धा हुने अनुमान यसअघि थियो। शक्तिकेन्द्रसँग निकट रहने, दलबलको राजनीतिमा माहिर र आर्थिक हिसाबले सम्पन्न यी दुई उम्मेदवारबीच भइरहेको प्रतिस्पर्धामा अन्य दलका र स्वतन्त्र उम्मेदवारहरू छायाँमा परेका छन्।

    पहिले यस क्षेत्रमा राम्रो पकड बनाएको नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापामगर, घण्टी चुनाव चिह्न भएका राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक र राप्रपाका मोहन केसी पनि प्रतिस्पर्धामा छन्। तर उनीहरू प्रतिस्पर्धामा पछाडि छन्।

    मतगणना सुरु भएर पहिलो पटक मतपरिणाम सुनाउँदा बस्नेत थापाभन्दा करिब ६ सय मतले पछाडि थिए। निर्वाचन क्षेत्रमा पर्ने मध्यपुर थिमी नगरपालिका र सूर्य विनायक नगरपालिकाका वडाको मत मिश्रित ढङ्गले गणना भइरहेको छ।

    कुनै एउटा पक्षको मात्रै प्रभाव रहेको क्षेत्रको मत गणना हुँदा परिणाममा अघिपछि हुने सम्भावना रहन्थ्यो। दुवै पक्षको उत्तिकै प्रभाव रहेकाले पनि मिश्रित ढङ्गले मत गणना गर्दा पनि बस्नेत थापाभन्दा पछाडि रहँदै आएका छन्।

    खसेको करिब ६१ हजार मतमध्ये करिब ४५ हजारको गणना भइसक्दा थापाले अग्रता कायम गरिरहेका छन् भने बस्नेत ६ सयदेखि २ हजारसम्मको मतान्तरले पछ्याइरहेका छन्।

    अब करिब १५ हजार मत गन्न बाँकी छ। बस्नेतले आफ्नो बलियो पकड क्षेत्रको मतगणना हुँदासमेत उछिन्न नसकेपछि थापाको अग्रतालाई ‘ब्रेक’ गर्ने सम्भावना कम छ।

    त्यसैमा थापाको समेत प्रभाव क्षेत्रमा मतगणना हुन बाँकी नै छ। बाँकी सिपाडोलका केही ठाउँमा बस्नेतको राम्रो पकड रहेको मानिन्छ। उनले केही समयअघि उक्त क्षेत्रमा अस्पताल सारेका कारण उनलाई मत आउने अपेक्षा गरिएको छ। तर थापाको प्रभाव क्षेत्र मानिने सूर्यविनालयक नगरपालिकाको पाण्डुबजारलगायत क्षेत्रको पनि गणना हुन बाँकी छ। यी क्षेत्रमा करिब ६ हजार मत खसेको छ।

    त्यस्तै मत गणना हुन बाँकी मध्यपुर थिमीमा पनि थापा र बस्नेत दुवैको उत्तिकै प्रभाव रहेको मानिन्छ। यो क्षेत्रमा करिब १० हजार मत रहेको अनुमान छ। सत्ता गठबन्धनमा रहेका दल एकीकृत समाजवादी र माओवादी केन्द्रको पनि यस क्षेत्रमा राम्रो प्रभाव छ। देशैभर काँग्रेसको मत अन्य दललाई बाँडिन नसके पनि कांगेसलाई भने गठबन्धनका सबै दलले सहयोग गरेको प्रारम्भिक मत परिणामले देखाइरहेका छन्। त्यसैले यहाँ पनि थापाले माओवादी केन्द्र र एकीकृत समाजवादीको मत पाए भने बस्नेतलाई मतान्तर घटाउन थप कठिन हुने देखिन्छ।

    निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार सुरुवाती ५ हजार मत गणना हुँदा थापा र बस्नेतबीच ६ सय मतको अन्तर थियो। थापाले २ हजार २३१ मत प्राप्त गर्दा बस्नेतले १ हजार ६३२ मतले पछ्याइरहेका थिए। यो थापा र बस्नेत दुवैका लागि सहज हुने क्षेत्रको मत गणना हुँदाको परिणाम हो।

    बस्नेतका लागि सहज हुने सिरुटार, सोमालिंगेश्वर र सुशीलाभैरव तथा थापाका लागि सहज हुने कटुञ्जे, कौशलटार र लोकन्थली क्षेत्रको मत गणना भएको थियो। तर थापाले आफ्नो र बस्नेतका लागि सहज हुने दुवै क्षेत्रमा अग्रता बनाएका थिए।

    त्यस्तै १० हजारभन्दा बढी मत गणना हुँदा भने बस्नेतले मतान्तरलाई केही साँघुरो बनाएका थिए। बस्नेतले विकासका लागि सबभन्दा बढी बजेट ल्याएको र विकासलाई केन्द्रित गरिएको भनिएका गुण्डु, र सिपाडोलको मत गणना हुँदा उनले थापालाई मतान्तर घटाएर ५ सयमा पुर्‍याएका थिए।

    जुन क्षेत्रबाट थापाको मत घटेको थियो। यस क्षेत्रबाट बस्नेतले उछिने पनि बोडे र कटुञ्जेको बाँकी रहेको मत गणना गर्दा कुल मिलाएर थापा नै अगाडि रहे। यो परिणामअनुसार थापाले ४,११९ मत पाउँदा बस्नेतले ३,६८४ मत पाए।

    त्यस्तै एमालेको अलि बढी प्रभाव रहेको भनिएको मध्यपुर थिमी र काँग्रेसको प्रभाव रहेको क्षेत्र गाम्चाको मत गणना हुँदा मतान्तर थप बढेको थियो। कुल १५ हजार ५२८ मत गणना सम्पन्न हुँदा थापाले ६ हजार १९४ र बस्नेतले ५ हजार ५११ मत प्राप्त गरे।

    त्यसपछि बालकोट र बोडे क्षेत्रको मत गणना हुँदा उक्त मतान्तर थप बढेको थियो । जसमा गुण्डुकै बाँकी रहेका बुथका मतसमेत गणना भएका थिए। कुल २० हजार मत गणना हुँदा थापाले ८ हजार १२५ र बस्नेतले ७ हजार २०९ मतले पछ्याइरहेका थिए।

    बस्नेतले अन्य ठाउँमा परेका विकास योजनालाई उनको बसोबास रहेको क्षेत्रमा केन्द्रित गरेको भन्ने गुनासो स्थानीयबाट प्रशस्तै आएको थियो। तर बस्नेतले अन्तबाट विकास लगेको भनेकै ठाउँहरूबाट पनि उनलाई भन्दा बढी थापालाई मत गएको परिणामले देखाउँछ। कुल ३० हजारभन्दा बढी मतगणनाको परिणाम आउँदा उक्त मतान्तर करिब दुई हजारभन्दा बढी हुन पुगेको छ। थापाले १२ हजार ५८ मत प्राप्त गर्दा बस्नेतले भने १० हजार ७६४ मतले पछाडि परेका थिए।

    त्यसपछि एमालेको अर्को प्रभाव पर्नसक्ने क्षेत्र सानोथिमी, सल्लाघारी र नगदेशलगायतका क्षेत्रहरू हुन्। सोही क्षेत्रको मत गणना हुँदा बस्नेतले मतान्तरलाई केही घटाए। कुल ३६ हजार ८४५ मत गणना हुँदा थापाले १ हजार ४०९६ मत प्राप्त गरे भने बस्नेतले मतान्तर घटाउँदै १३ हजार ४३ मत प्राप्त गरे।

    यस्तै गुण्डु, सल्लाघारी, बालकोटा, उयशलाभैरव र गाम्चालगायत स्थानका बाँकी रहेका मत गणना गर्दा महेशले मतान्तरलाई घटाएका छन्। तर उछिन्न भने अझै सकेका छैनन्। मंगलबार साँझ साढे ६ बजे सार्वजनिक भएको मत परिणामअनुसार कुल ४५ हजार भन्दा बढी मत गणना हुँदा काँग्रेस उम्मेदवार थापा १६ हजार ३८० मतले अघि छन् भने एमालेका बस्नेत १५ हजार ७३५ मतले पछ्याइरहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...