News Portal

चुनावमा ३ लाख सुरक्षाकर्मी परिचालन, यस्तो छ सुरक्षा योजना

हिमालीसंचार संवाददाता
४१४ पटक

काठमाडौँ। सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी दिएको छ।

शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चुनावी सुरक्षा बारे जानकारी गराइएको हो। चुनावमा  नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र म्यादी प्रहरी १ लाख १५ हजार परिचालन गरिने भएको हो।

मतदानस्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गरेर सुरक्षा व्यवस्था मिलाइएको गृह सचिव विनोद प्रकाश सिंहले बताए।

हिमाली तथा उच्च पहाडी जिल्लामा हेलिकोप्टरबाट मतपेटीका संकलन गरिने भएको छ। अहिलेसम्म यस्ता क्षेत्र ४० वटा रहेको भए पनि यो अझै बढ्न सक्ने गृहको आंकलन छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...