News Portal

छेडाचौर प्रहरीले बनायो सडकमा जेब्राक्रसिङ

हिमालीसंचार संवाददाता
६९० पटक
२८, २०७९ साउन

छेडा बजार। जाजरकोटको शिवालय गाऊँपालिका वडा नं १ छेडाचौर बजारमा स्थानिय प्रहरीले पैदल यात्रुलाई बाटो काट्न सहजताका लागी जेब्राक्रसिङ तयार गरेको छ।

बढ्दो सवारी चाप, ब्यस्त सडक प्रयोगकर्ताको लागि सवारी दुर्घटना कमि गर्न तथा ट्राफिक नियमको पालना गरि पैदल यात्रुलाई जेब्राबाटै बाटो काट्न सहज गराउने उद्देश्यले सडक सुरक्षा अन्तरगत जेब्रा तयार गरेको छेडा चौकी इन्चार्ज सहायक निरीक्षक गंगा बहादुर चन्दले हिमालीसंचारसंगको कुराकानीमा बताए।

सोही क्रममा ट्राफिक नियमको पालन गरि सवारी दुर्घटना न्यूनीकरण गर्न अस्थायी ट्राफिक पोस्टका इन्चार्ज सहायक हवल्दार बेद बहादुर रावतले सबै सडक प्रयोगकर्तालाई अनुरोध समेत गरेका थिए।

छिन्चु-जाजरकोट सडक खण्डमा पर्ने छेडा बजार निकै ब्यस्त भएको, सवारी चाप समेत बढ्ने गरेकोले स्थानिय प्रहरीको यो प्रयास निकै सह्रानिय भएको हुदा ट्राफिक नियमको पालन गरि हामी सबै सुरक्षित हुनुपर्ने युवा व्यबसायी गोपिलाल आचार्यले बताए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...