News Portal

छेडाचौर प्रहरीले बनायो सडकमा जेब्राक्रसिङ

हिमालीसंचार संवाददाता
५५४ पटक
२८, २०७९ साउन

छेडा बजार। जाजरकोटको शिवालय गाऊँपालिका वडा नं १ छेडाचौर बजारमा स्थानिय प्रहरीले पैदल यात्रुलाई बाटो काट्न सहजताका लागी जेब्राक्रसिङ तयार गरेको छ।

बढ्दो सवारी चाप, ब्यस्त सडक प्रयोगकर्ताको लागि सवारी दुर्घटना कमि गर्न तथा ट्राफिक नियमको पालना गरि पैदल यात्रुलाई जेब्राबाटै बाटो काट्न सहज गराउने उद्देश्यले सडक सुरक्षा अन्तरगत जेब्रा तयार गरेको छेडा चौकी इन्चार्ज सहायक निरीक्षक गंगा बहादुर चन्दले हिमालीसंचारसंगको कुराकानीमा बताए।

सोही क्रममा ट्राफिक नियमको पालन गरि सवारी दुर्घटना न्यूनीकरण गर्न अस्थायी ट्राफिक पोस्टका इन्चार्ज सहायक हवल्दार बेद बहादुर रावतले सबै सडक प्रयोगकर्तालाई अनुरोध समेत गरेका थिए।

छिन्चु-जाजरकोट सडक खण्डमा पर्ने छेडा बजार निकै ब्यस्त भएको, सवारी चाप समेत बढ्ने गरेकोले स्थानिय प्रहरीको यो प्रयास निकै सह्रानिय भएको हुदा ट्राफिक नियमको पालन गरि हामी सबै सुरक्षित हुनुपर्ने युवा व्यबसायी गोपिलाल आचार्यले बताए।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...