News Portal

एकपटक चार्ज गरे ९४ दिन पुग्ने अउकिटेलको स्मार्टफोन

हिमालीसंचार संवाददाता
३३२ पटक

एजेन्सी। के तपाईँ मोबाइल पटक पटक चार्ज गरेर थाक्नुभएको छ ? कि पानी र धुलोबाट बचाउनुपर्ने हैरानीबाट दिक्क हुनु भएको छ ? यसको समाधान स्वरुप बजारमा आएको छ अउकिटेल डब्लुपी–१९ स्मार्टफोन।

स्मार्टफोनको बजारमा तहल्का मचाएको यो फोन एकपटक चार्ज गर्दा ९४ दिनसम्म टिक्छ। २१ हजार एमएएच ब्याट्री भएको यो विश्वको पहिलो स्मार्टफोन हो। यसले गर्दा घरी घरी चार्ज गर्ने झन्झटबाट मुक्ति दिएको छ।

यो फोन ६.७८ इन्चको स्क्रिन आईपीएस प्यानलमा आउँछ। स्पष्ट र राम्रो फोटो खिच्नको लागि १०८०×२४०० पिक्सेल र टुप्पोमा चट्ट परेको डट–नच अर्थात् क्यामेरा रहेको छ।

स्मार्टफोनलाई घाम, पानी र धुुलोबाट बचाउन आईपी ६८–आईपी ६९ रेटिङ पाएको छ भने एमआईएल –८१० जीबाट प्रमाणित छ। यो प्रमाण भनेको अमेरिकी सैन्य विशिष्टता हो जसले २९ वटा विभिन्न परीक्षणपछि मात्र केही हुँदैन भन्ने ग्यारेन्टीको प्रमाण दिन्छ।

अउकिटेल डब्लुपीको हार्डवेयर मिडियाटेक हेलिओ जी ९५ ओक्टा कोर सिपीयूबाट सञ्चालित छ। जसमा २.०५ जीएचजी घडी तथा मेल जी ६७६ जीपीयु, ८ जीबी र्यामको प्रोसेसर तथा साथमा आन्तरिक भण्डारणमा २५६—गिगाबाइट्स छ।

डब्लुपी–१९ मा क्यामेराका विकल्पहरूमा ६४ मेगापिक्सेल प्राइमरी लेन्स, २० मेगापिक्सेल नाइट भिजन सेन्सर र तेस्रो २–मेगापिक्सेल म्याक्रो सेन्सर समावेश छ।

मोडलमा नाइट क्यामेरा लेन्सका लागि चार आईआर एलईडी र परम्परागत डुअल एलईडी फ्ल्यास छ। सेल्फी खिच्न मनपराउनेका लागि स्मार्टफोनको अग्रभागको सिरानमा एकल १६–मेगापिक्सेल सेल्फी लेन्स छ।

फोनको दुवै कार्डहरूमा फोरजी नेटवर्कको साथ डुअल नानो–सिमहरू सहज रुपमा चल्छ। यसको अलवा, गुगल एन्ड्रोइड १२ पनि यसमा चल्छ। यस्तै, मोबाइलको साइडमा फिंगरप्रिन्ट स्क्यानर छ। २१ हजार एमएएच ब्याट्रीका साथ स्मार्टफोनमा ३३ डब्लु हाई पावरको फास्ट चार्जर यसमा उपलब्ध छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...