News Portal

एकपटक चार्ज गरे ९४ दिन पुग्ने अउकिटेलको स्मार्टफोन

हिमालीसंचार संवाददाता
३९२ पटक

एजेन्सी। के तपाईँ मोबाइल पटक पटक चार्ज गरेर थाक्नुभएको छ ? कि पानी र धुलोबाट बचाउनुपर्ने हैरानीबाट दिक्क हुनु भएको छ ? यसको समाधान स्वरुप बजारमा आएको छ अउकिटेल डब्लुपी–१९ स्मार्टफोन।

स्मार्टफोनको बजारमा तहल्का मचाएको यो फोन एकपटक चार्ज गर्दा ९४ दिनसम्म टिक्छ। २१ हजार एमएएच ब्याट्री भएको यो विश्वको पहिलो स्मार्टफोन हो। यसले गर्दा घरी घरी चार्ज गर्ने झन्झटबाट मुक्ति दिएको छ।

यो फोन ६.७८ इन्चको स्क्रिन आईपीएस प्यानलमा आउँछ। स्पष्ट र राम्रो फोटो खिच्नको लागि १०८०×२४०० पिक्सेल र टुप्पोमा चट्ट परेको डट–नच अर्थात् क्यामेरा रहेको छ।

स्मार्टफोनलाई घाम, पानी र धुुलोबाट बचाउन आईपी ६८–आईपी ६९ रेटिङ पाएको छ भने एमआईएल –८१० जीबाट प्रमाणित छ। यो प्रमाण भनेको अमेरिकी सैन्य विशिष्टता हो जसले २९ वटा विभिन्न परीक्षणपछि मात्र केही हुँदैन भन्ने ग्यारेन्टीको प्रमाण दिन्छ।

अउकिटेल डब्लुपीको हार्डवेयर मिडियाटेक हेलिओ जी ९५ ओक्टा कोर सिपीयूबाट सञ्चालित छ। जसमा २.०५ जीएचजी घडी तथा मेल जी ६७६ जीपीयु, ८ जीबी र्यामको प्रोसेसर तथा साथमा आन्तरिक भण्डारणमा २५६—गिगाबाइट्स छ।

डब्लुपी–१९ मा क्यामेराका विकल्पहरूमा ६४ मेगापिक्सेल प्राइमरी लेन्स, २० मेगापिक्सेल नाइट भिजन सेन्सर र तेस्रो २–मेगापिक्सेल म्याक्रो सेन्सर समावेश छ।

मोडलमा नाइट क्यामेरा लेन्सका लागि चार आईआर एलईडी र परम्परागत डुअल एलईडी फ्ल्यास छ। सेल्फी खिच्न मनपराउनेका लागि स्मार्टफोनको अग्रभागको सिरानमा एकल १६–मेगापिक्सेल सेल्फी लेन्स छ।

फोनको दुवै कार्डहरूमा फोरजी नेटवर्कको साथ डुअल नानो–सिमहरू सहज रुपमा चल्छ। यसको अलवा, गुगल एन्ड्रोइड १२ पनि यसमा चल्छ। यस्तै, मोबाइलको साइडमा फिंगरप्रिन्ट स्क्यानर छ। २१ हजार एमएएच ब्याट्रीका साथ स्मार्टफोनमा ३३ डब्लु हाई पावरको फास्ट चार्जर यसमा उपलब्ध छ।

प्रतिकृया दिनुहोस्

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...