News Portal

मेयर राईविरुद्ध एमाले नेतृ भण्डारीले दिइन् साइबर ब्यूरोमा उजुरी

हिमालीसंचार संवाददाता
११०८ पटक

धरान – फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलुसन’ बाट पोष्ट भएको एक विषयलाई लिएर धरानकी निवर्तमान उपमेयर तथा एमाले नेतृ मन्जु भण्डारीले धरानका नगर प्रमुख हर्कराज राई साम्पाङविरुद्ध साइबर ब्यूरोमा मुद्दा हालेकी छिन्।

नगर प्रमुख साम्पाङको पेजबाट आफ्नो नामबाट जातीय सद्भाव बिथोल्ने खालको पोष्ट आएपछि भण्डारीले बिहीबार पत्रकार सम्मेलन गर्दै साम्पाङविरुद्ध मुद्दा हालेकी बताएकी हुन् । सोही क्रममा उनले विज्ञप्ति जारी गर्दै आफूले त्यसखालको पोष्ट नगरेको समेत स्पष्ट पारेकी छिन्। 

उनले आफुले सामाजिक सद्भाव तथा जातीय सद्भाव खलबलाउने काम गरेको दाबी गर्दै मेयर साम्पाङले जातीय द्धन्द निम्त्याउने किसिमको बिषय वस्तु राखी फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री उत्पादन गरि पोष्ट गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइन्। 

उनले भनिन् ‘मेरो आईडी मार्फत सम्प्रेषण भएको जस्तो देखिने गरी फेक पोस्ट जेनेरेटर एप्लिकेसनको प्रयोग गरी आदिवासी जनजाति समुदायप्रति लक्षित गरेर जुन ढङ्गबाट धरानवासीको सामाजिक सद्‌भावमा चोट पुग्ने सामग्री उत्पादन गरी नगर प्रमुख हर्कराज राईको फेसबुक पेज मार्फत सम्प्रेषण भएको छ। उहाँको यस समाजिक द्वेष सिर्जना हुने खालको घृणित कार्यको म निन्दा गर्न चाहन्छु र खेद प्रकट गर्दछु,’ भण्डारीले भनेकी छिन् ।

नेतृ भण्डारीले विज्ञप्ति जारी गरेपछि हर्कराज राई साम्पाङले सामाजिक सञ्जालमा एउटा पोष्ट लेख्दै ‘सम्पूर्णमा मेरो अनुरोध, फेक आइडी खोलेर नचलाऔँ !’ भनेर उल्लेख गरेका छन् । उता आफ्नो फेसबुक आइडीको दुरुपयोग गरेर सामाजिक सद्भाव भड्काउने कोसिश भएको भन्दै पत्रकार मिलन बुढाथोकीले पनि साइबर अपराध ब्यूरो काठमाडौंमा मुद्दा हालेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...