News Portal

मेयर राईविरुद्ध एमाले नेतृ भण्डारीले दिइन् साइबर ब्यूरोमा उजुरी

हिमालीसंचार संवाददाता
११३५ पटक

धरान – फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलुसन’ बाट पोष्ट भएको एक विषयलाई लिएर धरानकी निवर्तमान उपमेयर तथा एमाले नेतृ मन्जु भण्डारीले धरानका नगर प्रमुख हर्कराज राई साम्पाङविरुद्ध साइबर ब्यूरोमा मुद्दा हालेकी छिन्।

नगर प्रमुख साम्पाङको पेजबाट आफ्नो नामबाट जातीय सद्भाव बिथोल्ने खालको पोष्ट आएपछि भण्डारीले बिहीबार पत्रकार सम्मेलन गर्दै साम्पाङविरुद्ध मुद्दा हालेकी बताएकी हुन् । सोही क्रममा उनले विज्ञप्ति जारी गर्दै आफूले त्यसखालको पोष्ट नगरेको समेत स्पष्ट पारेकी छिन्। 

उनले आफुले सामाजिक सद्भाव तथा जातीय सद्भाव खलबलाउने काम गरेको दाबी गर्दै मेयर साम्पाङले जातीय द्धन्द निम्त्याउने किसिमको बिषय वस्तु राखी फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री उत्पादन गरि पोष्ट गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइन्। 

उनले भनिन् ‘मेरो आईडी मार्फत सम्प्रेषण भएको जस्तो देखिने गरी फेक पोस्ट जेनेरेटर एप्लिकेसनको प्रयोग गरी आदिवासी जनजाति समुदायप्रति लक्षित गरेर जुन ढङ्गबाट धरानवासीको सामाजिक सद्‌भावमा चोट पुग्ने सामग्री उत्पादन गरी नगर प्रमुख हर्कराज राईको फेसबुक पेज मार्फत सम्प्रेषण भएको छ। उहाँको यस समाजिक द्वेष सिर्जना हुने खालको घृणित कार्यको म निन्दा गर्न चाहन्छु र खेद प्रकट गर्दछु,’ भण्डारीले भनेकी छिन् ।

नेतृ भण्डारीले विज्ञप्ति जारी गरेपछि हर्कराज राई साम्पाङले सामाजिक सञ्जालमा एउटा पोष्ट लेख्दै ‘सम्पूर्णमा मेरो अनुरोध, फेक आइडी खोलेर नचलाऔँ !’ भनेर उल्लेख गरेका छन् । उता आफ्नो फेसबुक आइडीको दुरुपयोग गरेर सामाजिक सद्भाव भड्काउने कोसिश भएको भन्दै पत्रकार मिलन बुढाथोकीले पनि साइबर अपराध ब्यूरो काठमाडौंमा मुद्दा हालेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...