News Portal

नेपाली कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन

हिमाली संचार संवाददाता
६४१ पटक

काठमाडौं – नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । शनिबार राति खुमलटारस्थित निवासमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

परिवारिक स्रोतका अनुसार बस्तोलाको ९:२० मा निधन भएको थियो । लगतै डा. हरि शर्मालार्इ खबर गरिएको र उनले चेकजाँच गरेर मृत्यु भएको घोषणा गर्दा १०: २० भएको थियो ।

झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको स्वास्थ अवस्था शनिबार विग्रिएको थियो । लगतै परिवारले बाँसबारीस्थित न्यूरो अस्पताल लगेको थियो । तर, थप उपचार असम्भव रहेको भन्दै ४ बजे डिस्चार्ज गरेको थियो ।

बास्तोलालार्इ पुनः खुमलटारस्थित निवास लगियो । साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेताहरू बास्तोला निवास पुगेर उनको अवस्थाबारे जानकारी लिएका थिए ।

बास्तोलाको शनिबार राति नै निधन भएको छ । उनका श्रीमती र दुर्इ छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेको र भोलि आइपुग्ने पारिवारिक स्रोतले बताएको छ ।

१४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।

भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उनको होस आएको थिएन ।

०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...