News Portal

  • मकाउ जुहाई प्रस्थान गर्ने यात्रुका लागि २४ धण्टाको कोरोना परीक्षण प्रमाण पत्र अनिवार्य

    हिमालीसंचार संवाददाता
    २४१ पटक

    ऐजेन्सी – मकाउ – जुहाईका अधिकारीहरूले आज जुन १९ तारिख आइतबार बिहान ६:०० बजेदेखि लागू हुने गरी नया नियम परिवर्तन गरिएको छ। मकाउ हुदै जुहाई चीन तर्फ प्रस्थान गर्ने यात्रुका लागि कोभिड-१९ परीक्षण २४ धण्टाको प्रमाण पत्र अनिवार्य यात्रुसंग हुनु पर्ने नियम लागू गरिएको छ।

    मकाउ हेल्थ व्यूरोले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चीनको जुहाई राज्यका अधिकारीहरुसंग उक्त समन्वय गरेको आजको स्थानीय संचार माध्यम टिडिएमले समाचार लेखेको छ। तर, मकाउ आवागमन प्रवेशमा कुनै नियम परिवर्तन नगरिएको उल्लेख गरिएको छ। 

    त्यस्तै, मकाउमा एक जना स्थानीयसंग कोरोना भाइरस परीक्षण गर्दा पोजिटिभ देखिएपछि मकाउ हेल्थ व्यूरोले आज विहानदेखि लागु हुने गरी उक्त निर्णय लिएको हो। पछिल्लो अपडेट अनुसार १२ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, ८ जना सकांस्पत हेरिएको छ भने बाकी आशंका गरिएको छ।  अधिकारीका अनुसार मकाउका सम्पूर्ण शहर लागि उच्च सर्तकता अपनाउन आग्रह गरेको छ। त्यस्तै, अनावश्यक घर बाहिर नजान सर्वसाधराण समक्ष आग्रह गरेका छन् । 

    मकाउमा आज स्थानीय यमय १२ बजेदेखि पुरै शहरमा कोरोना परीक्षण गर्ने कोरोना भाइरस प्रतिक्रिया तथा समन्वय केन्द्रले पत्रकार सम्मेलन मार्फत जानकारी गरेका छन् । मकाउ हेल्थ व्यूरोले पोजेटिभ देखिएको स्थानीय वरपरका क्षेत्रमा निरीक्षण गरिरहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...