News Portal

पोर्चुगलमा बेपत्ता सुजन सिलवालकाे शव समुद्री तडमा फेला

हिमालीसंचार संवाददाता
४५६ पटक

पोर्चुगल। झण्डै दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्री तडमा भेटिएकाे छ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको थियो। सिलवालको शव अहिले अस्पतालमा रहेको छ। रोजगारीको सिलसिलामा उनी करिब ७ बर्ष अघि पोर्चुगल आएका थिए।

गत बिहीबार (जुन ९) मात्रै शवको पहिचान खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली संघ पोर्चुगलले जानकारी दिएको छ। संघका अध्यक्ष रबिन अधिकारीका अनुसार आगामी सोमबारसम्म पोर्चुगलमा लगातार विदा परेकोले मंगलबारमात्रै यसबारे थप जानकारी लिने सकिने बताए।

सिलवालको शव भेटिएको बारे परिवारलाई खबर गरिएको र परिवारबाट शव नेपाल पठाइदिन आग्रह आएको छ उनले भने। सोमबारसम्म विदा परेकोले मंगलबार सबै कागजात र आवश्यक प्रक्रिया सकेर शव बुझ्ने प्रक्रिया सुरु हुनेछ। त्यस लगत्तै शव नेपाल पठाउनेबारे तयारी गरिने अध्यक्ष अधिकारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...