News Portal

देखावटीमा मात्र मिडिया सहयोगी ?

हिमाली संचार डेस्क
४८४ पटक

कुवेत सिटी। हामी नेपालीहरुका कुवेतमा रहेका केही जसो सामाजिक संस्था सक्रिय रुपमा लागिपरेको भएपनी उनिहरुका पदाधिकारी लाचार जस्तै छन। कुनै एऊटा संस्थाले कार्यक्रम वा, अधिवेशन/महाधिवेशन जे गर्न लागे पनि उस्का मिडिया सहयोगी भनेर देखावटीमा मात्र मिडिया लोगो प्रयोग गर्छन।

तर मिडियाले नयाँ लोगो ल्याएर पुरानो लोगो विस्तापित गरेको वर्षौ बितिसक्दा पनि पूरानो लोगो नै मिडिया पाटनरको रुपमा राखिदिन्छन। त्यती मात्र कहाँ होर जुन मिडियाको कुवेतमा कोही प्रतिनीधि नै हुदैनन् उनै मिडियाको लोगो प्रमुखताका साथ अगाडि राखिएको देख्न सकिन्छ।

किन यस्तो गर्छन त ?

त्यही व्यक्ति तिनै संस्थाको कार्यकारी पदमा हुन्छ र त्यही व्यक्ति मिडियाको मालिक हुन्छ। यदी उस्ले आफ्नो संस्थाको अब हुने कार्यक्रमको ब्यानरमा जस्तै नयाँ लोगो राखिदिए आफ्नो मिडिया पछी पर्छ की भन्ने सोच बोकेकोले यसो गर्छन। धेरै परको कुरा नगरौ हिजो र अब अर्को हप्ताको शुक्रबार हुने कार्यक्रमका ब्यानरमा मिडिया सहयोगीका लोगोहरु प्रवास, समाज र समाचार क्याटागोरिमा हेर्न सकिन्छ।

यसो भनिरहदा हाम्रा प्रतिनीधिमा पनि लाचारपन देखिन्छ। हामी त्यस्ता प्रतिनीधि पनि छौ जुन हाम्रो लागी निकै दुखदायी कुरा हो। कुवेतका क्रियाशील संघ-संस्थाले मात्र होईन, कोही कसैले जहाँ कतै जमघट गरौंन भन्दा कुदेर गैईहाल्ने र आफुले प्रतिनीधित्व गर्ने मिडियाको बारेमा केही पनि भन्न नसक्ने/नरुचाउनाउले नै संघ-संस्थाले हामिलाई अन्धभक्त सहयोगी बनाईरहेको देखिन्छन।

आखिर हामी अझै कहिलेसम्म अन्धभक्त सहयोगीको भूमिकामा रहने यो कुरा कुवेतका मिडिया प्रतिनीधिले सोच्नुपर्ने बिषय हो। अब पनि नसोचे कुवेतका केही थरी संघ-संस्थाले अन्धभक्त सहयोगी बनाईरहनेछन।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...