News Portal

देखावटीमा मात्र मिडिया सहयोगी ?

हिमाली संचार डेस्क
४१२ पटक

कुवेत सिटी। हामी नेपालीहरुका कुवेतमा रहेका केही जसो सामाजिक संस्था सक्रिय रुपमा लागिपरेको भएपनी उनिहरुका पदाधिकारी लाचार जस्तै छन। कुनै एऊटा संस्थाले कार्यक्रम वा, अधिवेशन/महाधिवेशन जे गर्न लागे पनि उस्का मिडिया सहयोगी भनेर देखावटीमा मात्र मिडिया लोगो प्रयोग गर्छन।

तर मिडियाले नयाँ लोगो ल्याएर पुरानो लोगो विस्तापित गरेको वर्षौ बितिसक्दा पनि पूरानो लोगो नै मिडिया पाटनरको रुपमा राखिदिन्छन। त्यती मात्र कहाँ होर जुन मिडियाको कुवेतमा कोही प्रतिनीधि नै हुदैनन् उनै मिडियाको लोगो प्रमुखताका साथ अगाडि राखिएको देख्न सकिन्छ।

किन यस्तो गर्छन त ?

त्यही व्यक्ति तिनै संस्थाको कार्यकारी पदमा हुन्छ र त्यही व्यक्ति मिडियाको मालिक हुन्छ। यदी उस्ले आफ्नो संस्थाको अब हुने कार्यक्रमको ब्यानरमा जस्तै नयाँ लोगो राखिदिए आफ्नो मिडिया पछी पर्छ की भन्ने सोच बोकेकोले यसो गर्छन। धेरै परको कुरा नगरौ हिजो र अब अर्को हप्ताको शुक्रबार हुने कार्यक्रमका ब्यानरमा मिडिया सहयोगीका लोगोहरु प्रवास, समाज र समाचार क्याटागोरिमा हेर्न सकिन्छ।

यसो भनिरहदा हाम्रा प्रतिनीधिमा पनि लाचारपन देखिन्छ। हामी त्यस्ता प्रतिनीधि पनि छौ जुन हाम्रो लागी निकै दुखदायी कुरा हो। कुवेतका क्रियाशील संघ-संस्थाले मात्र होईन, कोही कसैले जहाँ कतै जमघट गरौंन भन्दा कुदेर गैईहाल्ने र आफुले प्रतिनीधित्व गर्ने मिडियाको बारेमा केही पनि भन्न नसक्ने/नरुचाउनाउले नै संघ-संस्थाले हामिलाई अन्धभक्त सहयोगी बनाईरहेको देखिन्छन।

आखिर हामी अझै कहिलेसम्म अन्धभक्त सहयोगीको भूमिकामा रहने यो कुरा कुवेतका मिडिया प्रतिनीधिले सोच्नुपर्ने बिषय हो। अब पनि नसोचे कुवेतका केही थरी संघ-संस्थाले अन्धभक्त सहयोगी बनाईरहनेछन।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...