News Portal

नेपाल कुवेत साँस्कृतिक मञ्चले तीज विशेष सांगीतिक धमाका २ सेप्टेम्बरमा गर्ने

हिमालीसंचार संवाददाता
५१२ पटक

कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिला दिदिबहिनीहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। गत बर्ष भने कोरोना भाइरस महामारी रोगका कारण सामाजिक दुरी कायम तथा कुवेत सरकारको नियमलाई पूर्णरुपमा पालना गर्दै तीज बिशेष सांगितिक कार्यक्रम गर्न असमर्थ भएको समस्त कुवेतवासी नेपाली दिदिबहिनीहरु तथा दाजुभाईहरुमा सर्वबिदितै छ।

हाल आएर कुवेतको जनजीवन सामान्य अवस्थामा रहेको हुनाले सम्पूर्ण शुभचिन्तकहरुमा आगामी २०७९ भदौ १७ गते शुक्रबारका दिन अर्थात २०२२ सेप्टेम्बर २ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चकाे २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०७९ नेपाली कला, सांस्कृतिककाे जगेर्ना तथा सांगितिक मनोरन्जन भरपूर्ण रुपमा प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्च प्रतिबद्धता रहेकाे जानकारी दिए।

स्थानीय कलाकार तथा नेपालबाट राष्ट्रिय कलाकारले गर्ने तीज विशेष कार्यक्रमकाे स्थान तय आगामी मासिक बैठकबाट निर्णय गर्ने अध्यक्ष गोबिन्द बराल मोहित बताए।

कुवेतबासीकाे साथ र सपोर्टले गर्दा नै साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ना, सांगितिक मनोरन्जन तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका बरिस्ठ संरक्षक टिकाराम आचार्य तथा अध्यक्ष गोबिन्द बराललाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्नुहुन कुवेतवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाल कुवेत साँस्कृतिक मञ्चकाे तर्फबाट अनुरोध गरेकाे छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...