News Portal

नेपाल कुवेत साँस्कृतिक मञ्चले तीज विशेष सांगीतिक धमाका २ सेप्टेम्बरमा गर्ने

हिमालीसंचार संवाददाता
४४४ पटक

कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिला दिदिबहिनीहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। गत बर्ष भने कोरोना भाइरस महामारी रोगका कारण सामाजिक दुरी कायम तथा कुवेत सरकारको नियमलाई पूर्णरुपमा पालना गर्दै तीज बिशेष सांगितिक कार्यक्रम गर्न असमर्थ भएको समस्त कुवेतवासी नेपाली दिदिबहिनीहरु तथा दाजुभाईहरुमा सर्वबिदितै छ।

हाल आएर कुवेतको जनजीवन सामान्य अवस्थामा रहेको हुनाले सम्पूर्ण शुभचिन्तकहरुमा आगामी २०७९ भदौ १७ गते शुक्रबारका दिन अर्थात २०२२ सेप्टेम्बर २ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चकाे २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०७९ नेपाली कला, सांस्कृतिककाे जगेर्ना तथा सांगितिक मनोरन्जन भरपूर्ण रुपमा प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्च प्रतिबद्धता रहेकाे जानकारी दिए।

स्थानीय कलाकार तथा नेपालबाट राष्ट्रिय कलाकारले गर्ने तीज विशेष कार्यक्रमकाे स्थान तय आगामी मासिक बैठकबाट निर्णय गर्ने अध्यक्ष गोबिन्द बराल मोहित बताए।

कुवेतबासीकाे साथ र सपोर्टले गर्दा नै साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ना, सांगितिक मनोरन्जन तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका बरिस्ठ संरक्षक टिकाराम आचार्य तथा अध्यक्ष गोबिन्द बराललाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्नुहुन कुवेतवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाल कुवेत साँस्कृतिक मञ्चकाे तर्फबाट अनुरोध गरेकाे छ।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...