News Portal

  • खोटाङको जनप्रतिनिधिले चाम्लिङ भाषामा सपथ ग्रहण लिए

    हिमालीसंचार संवाददाता
    २४२ पटक

    खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका नौ जनप्रतिनिधिले आफ्नो मातृ भाषा (चाम्लिङ) पद तथा गोपनीयताको सपथ ग्ररण  लिएका छन् ।

    चाम्लिङ राई समुदायका दुई वडाध्यक्ष र सात वडा सदस्यले नवनिर्वाचित मेयर बिमला राईबाट सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण आफ्नो मातृ भाषा (चाम्लिङ) प्रयोग गरेका हुन् ।

    हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष गन राई, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडा सदस्य गमिता राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडा सदस्य दलीमायाँ राई, दिक्षा राई, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका वडा सदस्य कल्पना राई, मंगलटारका वडा सदस्य टंकहादुर राई र सल्लेका वडा सदस्य दिनेश राईले चाम्लिङ भाषामा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    चाम्लिङ राई समुदायका जनप्रतिनिधिले नवनिर्वाचित वडा सदस्य गमिताको संयोजनमा मातृ भाषामा सपथ लिएका हुन् । मातृ भाषाको सम्मान र पहिचानका लागि पद तथा गोपनीयताको सपथका क्रममा चाम्लिङ भाषा प्रयोग गरिएको वडा सदस्य गमिता राईले बताईन् ।

    नवनिर्वाचित मेयर राईले नेपाली भाषामा सपथ खुवाए पनि चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो भाषामा सपथ खाएको उनको भनाई छ । चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो मातृ भाषामा सपथग्रहणको ढाँचा तयार पारेर नगरपालिका पुगेका थिए ।

    सल्लेका वडाध्यक्ष राईले भने चाम्लिङ भाषामा तयार पारिएको सपथको ढाँचामा हस्ताक्षर गरेको तर नेपाली भाषामै सपथ खाएको बताए । नगरमा ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो लेटरहेडमा चाम्लिङ राई भाषा प्रयोगमा ल्याइसकेको छ ।

    यस्तै, वाम्बुले राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा तिलुङ भाषालाई सरकारी कामकाजमा मान्यता दिइसकेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...