News Portal

खोटाङको जनप्रतिनिधिले चाम्लिङ भाषामा सपथ ग्रहण लिए

हिमालीसंचार संवाददाता
२८३ पटक

खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका नौ जनप्रतिनिधिले आफ्नो मातृ भाषा (चाम्लिङ) पद तथा गोपनीयताको सपथ ग्ररण  लिएका छन् ।

चाम्लिङ राई समुदायका दुई वडाध्यक्ष र सात वडा सदस्यले नवनिर्वाचित मेयर बिमला राईबाट सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण आफ्नो मातृ भाषा (चाम्लिङ) प्रयोग गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष गन राई, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडा सदस्य गमिता राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडा सदस्य दलीमायाँ राई, दिक्षा राई, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका वडा सदस्य कल्पना राई, मंगलटारका वडा सदस्य टंकहादुर राई र सल्लेका वडा सदस्य दिनेश राईले चाम्लिङ भाषामा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

चाम्लिङ राई समुदायका जनप्रतिनिधिले नवनिर्वाचित वडा सदस्य गमिताको संयोजनमा मातृ भाषामा सपथ लिएका हुन् । मातृ भाषाको सम्मान र पहिचानका लागि पद तथा गोपनीयताको सपथका क्रममा चाम्लिङ भाषा प्रयोग गरिएको वडा सदस्य गमिता राईले बताईन् ।

नवनिर्वाचित मेयर राईले नेपाली भाषामा सपथ खुवाए पनि चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो भाषामा सपथ खाएको उनको भनाई छ । चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो मातृ भाषामा सपथग्रहणको ढाँचा तयार पारेर नगरपालिका पुगेका थिए ।

सल्लेका वडाध्यक्ष राईले भने चाम्लिङ भाषामा तयार पारिएको सपथको ढाँचामा हस्ताक्षर गरेको तर नेपाली भाषामै सपथ खाएको बताए । नगरमा ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो लेटरहेडमा चाम्लिङ राई भाषा प्रयोगमा ल्याइसकेको छ ।

यस्तै, वाम्बुले राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा तिलुङ भाषालाई सरकारी कामकाजमा मान्यता दिइसकेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...