News Portal

दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर पुग्यो

हिमालीसंचार संवाददाता
३२४ पटक

काठमाडौं – दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। तरकारीदेखि पेट्रोलियम पदार्थको मूल्य एकैसाथ बढ्दा उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् । एकै वर्षको अन्तरमा तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्य वस्तुको मूल्य बढेर दोब्बर पुगेको छ। बजारमा गोलभेँडाको मूल्य अत्यधिक अर्थात् वार्षिक ४२० प्रतिशतले बढेको छ।

अहिले गोलभेँडा प्रतिकिलो १ सय ५० रुपैयाँ पर्छ । यद्यपि, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको जेठ ९ गतेको मूल्य सूचीअनुसार गोलभेँडाको थोक मूल्य नै प्रतिकिलो १ सय ३० रुपैयाँ पुगेको छ। जबकि गत वर्ष यो समयमा प्रतिकिलो न्यूनतम १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म थियो। 

अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम वस्तुको मूल्य बढेसँगै नेपालमा आयातित हुने सबै वस्तुको मूल्य बढेको विश्लेषण गरिन्छ। तर, अहिले तरकारीमध्ये सबैभन्दा बढी गोलभेँडाको मूल्य छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...