News Portal

काठमाडौंको फोहोर व्यवस्थापनमा अड्चन, थुप्रिएका फोहोरमैलाले सडक दुर्गन्धित

हिमालीसंचार संवाददाता
२३६ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिको पदावधि सकिँदै गएपछि राजधानीमा फोहोरमैला असरल्ल रूपमा सडकमै यत्रतत्र थुप्रिँदै आइरहेको छ । काठमाडौं महानगरमा गत फागुनदेखि हालसम्म ५० दिनभन्दा धेरै समय फोहोरमैला सडकमै यत्रतत्र थुप्रिँदै आएको हो।

यही जेठ ५ मा आधिकारिक रूपमा जनप्रतिनिधि रिक्त भएसँगै संघीय राजधानीसमेत रहेको काठमाडौंका सडक, गल्ली र चोकचोकमा असरल्ल फोहोरमैला थुप्रिएर दुर्गन्ध बढ्न थालेको छ।

महानगरको कर्मचारी संयन्त्रले फोहोरमैला नियमित रूपमा उठाउन नसकेपछि राजधानीको फोहोर फ्याँक्न प्रहरीलाई समेत गुहार्नुपरेको छ। संघीय राजधानी काठमाडौं महानगरमा दुई सातादेखि सडकमै असरल्ल रूपमा फोहोरमैला थुप्रिए पनि जनप्रतिनिधिको अभावमा कर्मचारीतन्त्र फोहोरमैला उठाउन असफल देखिएको हो। 

सहरी विकास मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा फोहोरमैला व्यवस्थापनमा सहजीकरण गर्न लिखित रूपमा अनुरोध गरेको छ। यो समाचारनागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...