News Portal

अझै रोकिएन राजस्व छलीका शृंखला

हिमालीसंचार संवाददाता
२२७ पटक

काठमाडौं – राजस्व अनुसन्धान विभागले राजस्व छल्लेविरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् ।

यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह, भविचन महत्तो कोइरी, श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध बिगोसहित अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले उच्च अदालत पाटनमा दायर गरेको सो मुद्दामा निरज ट्रेडर्स एन्ड सप्लायर्स र राज ट्रेडर्स कम्पनीमार्फत राजस्व छली गरेको पाइएको हो । उनीहरूले भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरी मालवस्तु तथा ढुवानी गर्दा सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई राजस्व छलेको विभागको आरोप छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...