News Portal

ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

हिमालीसंचार संवाददाता
२४० पटक

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छन्। फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीय शर्मिला भट्टराई मृत भेटिएकी जिल्ला प्रहरी कार्र्यालय ताप्लेजुङले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धाका अनुसार उनको भीरबाट लडेर निधन भएको हो।

आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी बेलुका साँझसम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए। बाख्रा बाटोमा भेटेपछि सशंकित उनीहरुले खोजी गर्ने क्रममा राति १० बजेतिर मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन्। उनको शव अहिले बिहान करिब साढे ११ बजे जिल्ला अस्पताल ताप्लेजुङ ल्याईपु¥याइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...