News Portal

ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

हिमालीसंचार संवाददाता
२९३ पटक

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छन्। फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीय शर्मिला भट्टराई मृत भेटिएकी जिल्ला प्रहरी कार्र्यालय ताप्लेजुङले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धाका अनुसार उनको भीरबाट लडेर निधन भएको हो।

आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी बेलुका साँझसम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए। बाख्रा बाटोमा भेटेपछि सशंकित उनीहरुले खोजी गर्ने क्रममा राति १० बजेतिर मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन्। उनको शव अहिले बिहान करिब साढे ११ बजे जिल्ला अस्पताल ताप्लेजुङ ल्याईपु¥याइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...