News Portal

प्रदेश नं ३ को राजधानी हेटौँडा नै उपयुक्त: नेता ईन्द्रबहादुर बानियाँ

हिमाली संचार संवाददाता
७४७ पटक

हेटौँडा – प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको बताएका छन् ।

नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा आज हेटौँडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘प्रदेशको राजधानी हेटौँडाबाट सारिए काठमाडौँमा नाकाबन्दी लाग्नसकिन्छ ।’

नेता बानियाँले प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी हेटौँडामा नै रहन सक्ने उल्लेख गर्दै आफूहरु हेटौँडामा नै राजधानी राख्नुपर्नेमा जोड दिइरहेको बताए ।

उनले भने, ‘राजधानीको विषय प्रदेशसभाले निर्णय गर्ने कुरा हो, हामीले हाम्रोतर्फबाट हेटौँडामा नै राजधानी राख्ने प्रयास गरिरहेका छौँ, नेकपाका प्रदेशसभा सदस्यले जोड गरिदिए राजधानी हेटौँडामा रहन सक्छ ।’

हेटौँडाबाट राजधानी सारिए मकवानपुरवासीले आन्दोलनमा उत्रने र त्यसको प्रभावस्वरुप काठमाडौँमा मकवानपुरले नाकाबन्दी लगाउन सक्ने अवस्था आउने उनको भनाइ छ ।

नेता बानियाँले सडक सञ्जाल, सुरक्षा संवेदनशीलता र रणनीतिक दृष्टिकोणले प्रदेश नं ३ को राजधानी हेटौँडा उपयुक्त रहेको बताए ।

युनियनका जिल्ला अध्यक्ष कुमार अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...