News Portal

नेतासँग योजना, भोक र सपना हुनुपर्छ, सपना पूरा गर्ने त्याग र क्षमता हुनुपर्छः खुसाङ राई

हिमालीसंचार संवाददाता
३५५ पटक

असिम राई देशकै आशा लाग्दा युवा नेतृत्व हुन् । २०७४ सालको स्थानीय चुनावमा जनताले अत्यधिक मत दिएर राईलाई जिताए। उनले आफ्नो गाउँपालिकाको नाम “थुलुङ दुधकोशी” नामकरण गर्न सफल भए । आफ्नो आदिम भुमिमै शताब्दीयौं देखि विभेदकारी र एकल जातिवादी राज्यसत्ताले सोझा र इमानदार थुलुङ राईहरूलाई गुमनाम बनाएको थियो ।

असिम राईले कुशलतापूर्वक थुलुङ राईहरूको पहिचान स्थापित गरे । उनले ढलेको शीर उठाए । चोमोलुङझैं स्वाभिमान ठड्याई दिए। अहिले विश्वभरका थुलुङ राईहरू र न्यायका हिमायती जनताले गर्व गर्छन् । असिम राईको ठाउँमा अरु कोही जितेको भए यति महत्वपूर्ण र ऐतिहासिक काम कदापि हुने थिएन । 

प्रमुखज्यु! पालिकाको साथ र सहयोगमा थुलुङ राई भाषा र संस्कृतिको सवालमा इतिहासमैं प्रथमपटक युगान्तरकारी काम भएका छन् । न्याय र समानताका शुन्दरतम बाटाहरू खनिएका छन् । यही बाटैबाटो हिँडेर हाम्रा नानीहरू भोली न्याय र समानताको सुन्दर युगमा प्रवेश गर्ने छन् । यदि असिम राई नभएको भए यी तमाम कामहरू पनि सम्भव हुने थिएन । जिल्लामै नमुना दुधकोशी सामुदायिक अस्पताल बन्ने थिएन । प्राविधिक शिक्षालयहरू खोलिने थिएनन् । 

“जित्नु र जिताउनु ठूलो कुरो हैन । जितेर काम गर्नु चाहिँ ठूलो कुरा हो । जो असिम राईले गरेर देखाए । नेतासँग योजना हुनुपर्छ । भोक हुनुपर्छ । सपना हुनुपर्छ । सपना पूरा गर्ने त्याग र क्षमता हुनुपर्छ । जुन क्षमता असिम राईज्युसँग पुरापुर छ।”

वहाँ जस्तो नेतृत्व पाउनु थुलुङ दुधकोशीका जनताको शौभाग्य हो । प्रमुखज्यूले आफ्नो कमिट्मेन्ट ५ वर्षमा पूरा गरेर देखाए । जनताप्रतिको दायित्व, जिम्मेवारी र कर्तव्य पूरा गरेर देखाए । 

अब आफ्नो दायित्व पूरा गर्ने जिम्मेवारी जनताको हो । कर्तव्य पुरा गर्ने पालो जनताको हो । यही वैशाख ३० गते आफूलाई प्राप्त जिम्मेवारी थुलुङ दुधकोशीवासी महान जनताले बुद्दिमतापूर्ण ढंगले जिम्मेवारी पूरा गर्ने छन् र नयाँ युगको शंखघोष गर्नेछन् । महान जनतालाई अग्रीम शुभकामना । प्रीय नेतालाई नाम जस्तै अन्तरआत्मादेखी असिम बधाई!

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...