News Portal

स्वतन्त्र मधेसको वकालत गर्दै आएका सीके राउत रौतहटबाट पक्राउ

हिमाली संचार संवाददाता
५८८ पटक

गौतम श्रेष्ठ
स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए ।

जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

अदालतमा राउत करिब १ सय समर्थक सहित उपस्थित भएका थिए । उनीहरुले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् ।

राउतलार्इ राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

४ वर्षे छोरीलाई जुलुसमा प्रयोग

रौतहट अदालतमा पेशीका लागि जाँदा सिके राउत ४ वर्षकी छोरी बोकेर जुलुस सहित गएका थिए । प्रहरीले उनलाई गिरफ्तार गरेपछि राउतले छोरी बिरामी भएकाले आफूलाई जनकपुर लैजान प्रहरीसँग आग्रह गरेका छन् ।

छोरी र आफू विरामी रहेको र औषधिसमेत छुटेको राउतले बताएका उनको टि्वटर ह्याडिलमा उल्लेख छ ।

बिरामी भनिएकी छोरीलाई बोकेर उनी जुलुसहित अदालत पुगेका थिए ।

सिके राउत गिरफ्तार भए पनि उनको टि्वटर भने नियमित अपडेट भइरहेको छ । प्रहरीले ४ वर्षकी बिरामी बालिकालाई समेत गिरफ्तार गरेको भन्दै राउतका कार्यकर्ताले प्रचारबाजी थालेका छन् ।

तर, राउतबाट जुलुसमा यसरी अवोध वालिकाको प्रयोग किन गरिएको थियो भन्ने खुलेको छैन । उनलाई मानव ढालको रुपमा प्रयोग गर्न खोजिएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...