News Portal

मोरङको रंगेलीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हिमालीसंचार संवाददाता
३०० पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  स्थानीय तहको निर्वाचनको स्थलगत तयारीका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

रंगेली नगरपालिका ७ स्थित गौशालाको नयाँ भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना भएसंगै चुनावी माहोल समेत बढन थालेको अनुभूति भएको छ ।  

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने रंगेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले हिमालीसंचारडटकमसंग बताए । बिहिबार दिउँसो  सर्वदलीय र सर्वपक्षीय बैठक समेत बसेर सबै पाटीका प्रतिनिधिहरुलाई निर्वाचनमा के गर्न हुने? के गर्ने नहुने भन्ने बिषयमा घनीभूत छलफल समेत गरिएका थियो। 

निर्वाचन कार्यालय स्थापना भएसंगै २४ घण्टा सशस्त्र प्रहरी बिओपि रंगेलीले सुरक्षा समेत दिईरहेको छ। रंगेली नगरपालिका भित्रका विभिन्न २२ स्थानमा मतदान हुदै छ भने ४४ वटा केन्द्र समेत रहेको छ। ती केन्द्रहरुमा ३८ हजार ९ सय ६ जना मतदाता रहेको निर्वाचन अधिकृत रामहरी काफ्लेले बताए। सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 

कार्याक्रमा सहभागीहरुले उमेदवारी दर्तादेखि आचार सहिताको बिषयमा बुझेका थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय  रंगेलीका प्रमुख शैलेश न्यौपाने, सशस्त्र वेश क्यापका कमल बहादुर अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...