News Portal

मोरङको रंगेलीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हिमालीसंचार संवाददाता
२३४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  स्थानीय तहको निर्वाचनको स्थलगत तयारीका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

रंगेली नगरपालिका ७ स्थित गौशालाको नयाँ भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना भएसंगै चुनावी माहोल समेत बढन थालेको अनुभूति भएको छ ।  

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने रंगेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले हिमालीसंचारडटकमसंग बताए । बिहिबार दिउँसो  सर्वदलीय र सर्वपक्षीय बैठक समेत बसेर सबै पाटीका प्रतिनिधिहरुलाई निर्वाचनमा के गर्न हुने? के गर्ने नहुने भन्ने बिषयमा घनीभूत छलफल समेत गरिएका थियो। 

निर्वाचन कार्यालय स्थापना भएसंगै २४ घण्टा सशस्त्र प्रहरी बिओपि रंगेलीले सुरक्षा समेत दिईरहेको छ। रंगेली नगरपालिका भित्रका विभिन्न २२ स्थानमा मतदान हुदै छ भने ४४ वटा केन्द्र समेत रहेको छ। ती केन्द्रहरुमा ३८ हजार ९ सय ६ जना मतदाता रहेको निर्वाचन अधिकृत रामहरी काफ्लेले बताए। सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 

कार्याक्रमा सहभागीहरुले उमेदवारी दर्तादेखि आचार सहिताको बिषयमा बुझेका थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय  रंगेलीका प्रमुख शैलेश न्यौपाने, सशस्त्र वेश क्यापका कमल बहादुर अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...