News Portal

जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन शुरु

हिमालीसंचार संवाददाता
४१८ पटक

काठमाडौं – निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका अघि बढाउन आयोगले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको बताए ।

प्रवक्ता पौडेलका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणासमेत त्यही कार्यालयले गर्नेछ। काठमाडौँमा राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। 

सदरमुकाम बाहेकका ठाउँमा गाउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगले जनाएको छ। कार्यालय स्थापना गरिएसँगै बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बुमा निर्वाचन सामग्री पठाइएको जानकारी दिँदै प्रवक्ता पौडेलले बताए । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...