News Portal

मोरङ जिल्लाका सुरक्षा समितिद्वारा नेपाल-भारतको सिमाक्षेत्रका मतदान केन्द्रको स्थलगत अवलोकन

हिमालीसंचार संवाददाता
४११ पटक

रबिन्द्र बराल/मोरङ – आगामी स्थानीय तहका निर्वाचन नजिकिदै जाँदा मोरङ जिल्लाका सुरक्षा समितिले नेपाल-भारतका सिमा क्षेत्रमा रहेका ७० वटा भन्दा बढी मतदान केन्द्रको स्थलगत अनुगमन गरेका छन् । जिल्ला सुरक्षा समिति मोरङले सिमाक्षेत्रमा रहेका मतदान केन्द्रहरुको अनुगमन गरेको हो ।

सिमा क्षेत्रका मतदान केन्द्रहरुको स्थलगत निरीक्षण गर्नका लागि मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, नेपाली सेना थलाहाका प्रमुख सेनानी अमृत थापा मगर, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला, सशस्त्र प्रहरी बल मोरङका प्रमुख राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक वासुदेव सिग्देल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का, सशस्त्र प्रहरी बिओपी रंगेलीका कमल बहादुर अधिकारी लगायतका अनुगमन टोलीले निरीक्षण गरेका थिए। 

जिल्ला सुरक्षा समितिको संयुक्त टोलीले रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्षी नगरपालिका, जहदा गाउँपालिका लगायत सिमावर्ती क्षेत्रमा पर्ने मतदान केन्द्रका स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन्। 

जिल्लाका आदर्श माध्यमिक बिधालय, अभिजित प्राथमिक बिधालय, निचामारी प्राथमिक बिधालय, जनता माध्यमिक बिधालय, पव्लिक उच्च माध्यमिक बिधालय लगायतका बिधालयहरुमा तोकिएको मतदान केन्द्रका अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले हिमालीसंचारडटकमसंग बताए ।

जिल्लाका सुरक्षा समितिका अधिकारीका अनुसार स्थानीय तहका निर्वाचनका लागि मतदान केन्द्रलाई तीन भागमा विभाजन गरेका छन । अति समंवेदन शील, समवेदन शील र सामान्य गरी तीन भागमा वर्गिकरण गरेर आवश्यक सुरक्षा प्रदान गर्ने अधिकारीहरुले बताएका छन्। 

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार मतदान गर्नका लागि मतदान केन्द्र र मतदान स्थलमा आवश्यक पूर्वाधारको अवस्था केही राम्रो सुरक्षा ब्यबस्था र आवश्यक थप सुरक्षा प्रदान गर्नका लागि सम्बन्धित स्थानीयका पालिकाहरुलाई समेत जानकारी गरिएको हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...