News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ज्वाँईले जेठानकी श्रीमती भगाएपछि..

    हिमाली संचार संवाददाता
    ८६७ पटक

    मनोज भट्ट
    महेन्द्रनगर – कञ्चनपुर भी.न.पा.– ५ सुकासालमा बसोबास गदै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।

    मार्याले द्रोपती लाई मायाजालमा पारेर वा केहि आर्थिक प्रलोभनमा पारेर बेच्नका लागि लगेको बारे प्रष्ट नभएको परिवारले बताएका छन् । पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो ।

    बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाउदा जेठान हरिश दमाई भने एकदमै हैरान भएको बताउछन् । हरिसकी आमा रोहिता दमाई, दिदी ईश्वरी मोर्या (दमाई) सहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।

    पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिँडेको बताइन् । उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिस दमाईकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिँडेका थिईन् ।

    ‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरपखसम्म पनि दुवै घर आएनन्, ‘ईश्वरीले भने, ‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतिको बारेमा बुझेँ । उनी पनि घर आएकी थिईनन् मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’

    दुवैले चलाउँदै आएको फोन पनि नलागेपछि भागेको थाहा भएको उनले बताइन् । पन्नालाल र ईशवरीको ११ वर्ष पहिले मागी विवाह भएको थियो । उनीहरुका दुई छोरामात्रै छन् । यता हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह भएको थियो ।

    उनीहरुको दुई छोरीमात्रै छन् । पन्नालाल र द्रोपतिबीच फोन सम्पर्क हुने गरेको पन्नालालकी श्रीमती ईश्वरीले बताइन् । ‘दुवै जनाबीच फोन हुन्थ्यो ।’ उनले भनिन् ‘मै त सोच्थे भाउजुसंग फोन गर्दैमा के हुन्छ ।’ आज श्रीमानका कारण दाजु र बहिनीको जिन्दगी बर्बाद भएको उनले दुखेसो पोखिन् ।

    हरिसले ज्वाईसंगै भागेर गएकी श्रीमतीलाई कुनैपनि हालतमा स्वीकार नगर्ने जिकिर गरेका छन् । ‘मेरी बहिनीका श्रीमानसंग गएकी श्रीमतीलाई राख्ने कुरै भएन’ उनले भने, ‘यस्तो धोकादिनेसँग कसरी बस्न सकिन्छ ।’

    (हरिस–ईश्वरी)की आमा रोहिता दमाई यतिबेला ५० औँ बसन्तपार गरेकी छिन् । घटनाले उनलाई आकासबाट खसेको जस्तो भएको छ । ‘आफ्नो छोरी ज्वाईले बुहारी भगाएर लगेको छ ।’ उनले दुखेसो पोखिन् ‘यो कलियुगमा यस्तो आचाकाली के भईरहेको छ ।’ उनी चिन्तत हुँदै भगवान पुकारदैछिन् । दुवैलाई कार्बाही गर्न उनले आग्रह गरिन् । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २९, २०८१ (अप्रिल ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...