News Portal

ज्वाँईले जेठानकी श्रीमती भगाएपछि..

हिमाली संचार संवाददाता
१०३९ पटक

मनोज भट्ट
महेन्द्रनगर – कञ्चनपुर भी.न.पा.– ५ सुकासालमा बसोबास गदै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।

मार्याले द्रोपती लाई मायाजालमा पारेर वा केहि आर्थिक प्रलोभनमा पारेर बेच्नका लागि लगेको बारे प्रष्ट नभएको परिवारले बताएका छन् । पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो ।

बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाउदा जेठान हरिश दमाई भने एकदमै हैरान भएको बताउछन् । हरिसकी आमा रोहिता दमाई, दिदी ईश्वरी मोर्या (दमाई) सहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।

पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिँडेको बताइन् । उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिस दमाईकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिँडेका थिईन् ।

‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरपखसम्म पनि दुवै घर आएनन्, ‘ईश्वरीले भने, ‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतिको बारेमा बुझेँ । उनी पनि घर आएकी थिईनन् मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’

दुवैले चलाउँदै आएको फोन पनि नलागेपछि भागेको थाहा भएको उनले बताइन् । पन्नालाल र ईशवरीको ११ वर्ष पहिले मागी विवाह भएको थियो । उनीहरुका दुई छोरामात्रै छन् । यता हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह भएको थियो ।

उनीहरुको दुई छोरीमात्रै छन् । पन्नालाल र द्रोपतिबीच फोन सम्पर्क हुने गरेको पन्नालालकी श्रीमती ईश्वरीले बताइन् । ‘दुवै जनाबीच फोन हुन्थ्यो ।’ उनले भनिन् ‘मै त सोच्थे भाउजुसंग फोन गर्दैमा के हुन्छ ।’ आज श्रीमानका कारण दाजु र बहिनीको जिन्दगी बर्बाद भएको उनले दुखेसो पोखिन् ।

हरिसले ज्वाईसंगै भागेर गएकी श्रीमतीलाई कुनैपनि हालतमा स्वीकार नगर्ने जिकिर गरेका छन् । ‘मेरी बहिनीका श्रीमानसंग गएकी श्रीमतीलाई राख्ने कुरै भएन’ उनले भने, ‘यस्तो धोकादिनेसँग कसरी बस्न सकिन्छ ।’

(हरिस–ईश्वरी)की आमा रोहिता दमाई यतिबेला ५० औँ बसन्तपार गरेकी छिन् । घटनाले उनलाई आकासबाट खसेको जस्तो भएको छ । ‘आफ्नो छोरी ज्वाईले बुहारी भगाएर लगेको छ ।’ उनले दुखेसो पोखिन् ‘यो कलियुगमा यस्तो आचाकाली के भईरहेको छ ।’ उनी चिन्तत हुँदै भगवान पुकारदैछिन् । दुवैलाई कार्बाही गर्न उनले आग्रह गरिन् । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...