News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गरिबीको पीडा: उपचार नगरी अस्पतालबाट फर्काइए पहलमान

    हिमालीसंचार संवाददाता
    ३७९ पटक

    खोटाङ। प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या समस्या भएको छ। गोठालो गएका बेला २२ फागुनमा प्रेसरले ढलेका गिरीको उपचारमा आर्थिक समस्या भएको हो।

    छिमेकी तथा आफन्तको सहयोगमा काठमाण्डौं पुर्याइए पनि आर्थिक समस्या भएपछि गिरीलाई उपचार नगरी २६ फागुनमा घर फर्काइएको छ। प्रेसरले ढल्दा गिरीको दाहिने आँखा र टाउको पछाडि चोट लागेको छ। उनको हाल सिंगो शरीर चल्न नसक्ने अवस्थामा पुगेको छ।

    अचेत अवस्थामा मुढोझैं लडेका छन्। श्वास फेर्दा घ्यार–घ्यार आवाज आउने र मुखबाट फिँज आउने गरेको छ। गिरीले अरुको भारी बोक्ने, ज्याला मजदुरीको काम गर्दै श्रीमती र ४ छोरीहरुको लालनपालन गर्दै आएका थिए।

    आर्थिक अवस्था कमजोर भएका कारण गिरीलाई सहयोग उठाएर ट्रमा सेन्टरमा लगिएको थियो। तर ट्रमा सेन्टरले अन्यत्र लैजान रेफर गरेपछि बौद्धस्थित निजी अस्पतालमा लगिएको थियो। केही समय आइसियुमा राखेपनि अधिक खर्च लाग्ने भएपछि परिवारले गिरीलाई घर फर्काएको कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए।

    गाउँपालिकाकै अस्थायी कोभिड अस्पतालमा लगिएपछि उनको मष्तिष्कमा रगत जमेको पत्ता लागेको थियो। कांग्रेस पालिका सभापति गिरीकै पहलमा बिरामीको उपचारका लागि ६८ हजार सहयोग संकलन भएको थियो। बिरामीलाई उपचारमा लगिएको बेला संकलन गरिएको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिसकिएको छ।

    थप १०/१२ हजार सहयोग संकलन भएको कांग्रेस पालिका सभापति गिरीले बताए। ‘बिरामी निको हुँदैन भनेर होईन, उपचार गर्ने पैसा नभएर बिरामीलाई घर फर्काइएको हो,’ वडा सदस्यसमेत रहेका गिरीले भने, ‘पैसा नहुँदा अकालमा मर्नुपर्ने जुन बिडम्वना छ, त्यसकै एउटा उदाहरण हो पहलमान।’

    प्रेसरले ढलेको केही समयपछि पहलमानलाई आफ्नै भतिजले फेला पारेका थिए। तर पहलमान नियमित मादक पदार्थ सेवन गर्ने गरेका कारण मातेर लडेको ठाने। परिवारले पनि मातेर लडेको ठाने। रातभरी नआएपछि भोलीपल्ट बिहान लिन जाँदा उनी गम्भीर अवस्थामा भेटिएका थिए। रातोपाटिबाट।

    प्रतिकृया दिनुहोस्

    शक्ति र सत्ताको खेल : संसद् खोल्ने निर्णयको पछाडि दबाबको राजनीति?

    काठमाडौं, जेठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्र संसद्...

    चार करोड बढी ठगी प्रकरणमा एक महिला पक्राउ

    काठमाडौं, जेठ २२ – चार करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पिसी इन्फोटेककी सञ्चालक...

    काठमाडौंमा निषेधाज्ञा विरुद्धको रिट सर्वोच्चले दर्ता नगर्ने, स्वागत नेपाल पुनः कानुनी लडाइँमा

    काठमाडौं, जेठ २२ — राजधानीका केही संवेदनशील क्षेत्रहरूमा जारी गरिएको निषेधाज्ञाको विरुद्धमा दर्ता गराउन खोजिएको...

    एनआरएनएकाे एकता महाधिवेशनद्वारा निर्वाचित आधिकारिक नेतृत्व तथा मार्गचित्रमा एकताबद्ध हुन आह्वान

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एकता महाधिवेशनद्वारा निर्वाचित आधिकारिक नेतृत्व तथा तय गरेको मार्गचित्रमा एकताबद्ध...

    सहकारी सचेतना तथा जागरण तालिम रंगेलीमा सुरु

    मोरङ, जेठ २२ – रंगेली, सुनवर्षी, रतुवामाई र धनपालथान गाउँपालिकामा क्रियाशील विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूलाई...