News Portal

बेपत्ता दाजुलाई घर फर्कनको निम्ती भाइको भावूक पत्र

सुजन कडेल
११८४ पटक

जतिबेला हजुरलाई भाइकाे आवश्यकता थियाे, मैले ‍भाइ भएर पनि भाइ हुनुकाे जिम्मेवारी पूरा गर्न सकिन।

काठमाडौँ। धादिङको गजुरी गाऊँपालिका वडा नम्बर २ मलेखुका सुजन कडेलले वि.सं २०६९ सालमा बेपत्ता भएका आफ्ना सहोदर दाजु प्रवेश कडेललाई घर फर्कन आग्रह गर्दै निकै भावुक पत्र लेखेका छन। पढ्नुहोस उक्त पत्र जस्ताको तस्तै:

प्याराे दाजु नमस्कार !
जब जिन्दगीमा दुख, पीडा अनि चाेटकाे वर्षा सुरु हुन्छ तब मानिसलाई आफ्ना र आफन्तका यादले बढी सताउदछ भन्ने भनाइ आज चरितार्थ बनेकाे छ। लामाे समयदेखि हजुरकाे अभाव भाेग्दै आएकाे म यसै पत्रमार्फत हजुरलाई सम्झना र मायाकाे काेशेली पस्कन जाँदैछु।

मेराे घमण्ड, अज्ञानता, कठाेर पन र अदुरदर्शी साेचकाे कारणले दाजु हजुरसँग त्यति नजिक हुने अवसर त मिलेन। जतिबेला हजुरलाई भाइकाे आवश्यकता थियाे, मैले ‍भाइ भएर पनि भाइ हुनुकाे जिम्मेवारी पूरा गर्न सकिन। मलाई खेद यस विषयमा छ कि हजुरले मलाई असल मान्छे बनाउन देखेकाे सपना मैले पूरा गर्न सकिन।

समय न कसैले चाहे अनुसार चल्छ न कसैले राेक्न खाेजेर नै राेकिन्छ। याे गतिशील छ। समयले दाजु हजुरलाई जुन बाटाेमा डाेहाेर्याएकाे थियाे, मलाई पनि आज त्यही र त्यस्तै अवस्थामा खेदेकाे छ। परिवारकाे सबै भन्दा ठुलाे सदस्यको नाताले हामी भाइबहिनीमा जुन किसिमको भुमिका निभाउने प्रयास गर्नुभयाे त्याे आफैमा सर्हानिय रहेकाे छ।

दाजु हजुरले आफ्ना चाहना, इच्छा, साेच र आकांक्षालाई तिलाञ्जली दिदै आफ्नाे भाइबहिनी प्रति देखाउनु भएकाे माया ममता हामी सदैब ऋणी छाै। तर जब हामी एक भएर रहने वातावरण तयार हुँदै थियाे, हजुर एकाएक हामीबाट टाढा हुनुभयाे।

चार जनाकाे परिवारमा सबैभन्दा कान्छाे म आज परिवारकै ठुलाे जिम्मेवारी बहन गर्नुपर्ने भुमिकामा पुगेकाे छु। हजुरकाे अभाव र आवश्यकताकाे महत्त्व बुझ्दै गरेकाे मैले हजुरले चाल्नुभएकाे कतिपय कदममा सहयोग गर्न नसक्दाकाे दिन सम्झदा दुख लागेर आउँछ।

नियतिकाे खेल भनाै वा, विधाताकाे चाहना हामी एक भएर रहन सकेनाैँ। मैले हजुर हामी बिच रहदा हजुरकाे त्यागकाे महत्त्व बुझ्न सकिन। त्यसैले हजुर हामीबाट टाढा हुनुभन्दा अघि जुन किसिमको अवस्थामा हुनुहुन्थ्यो म अहिले त्यहि अवस्थासँग जुधिरहेकाे छु।

हजुर बेपत्ता हुनुभएको यतिका समय भइसक्दा पनि कुनै खबर पाउन नसक्दा म, दिदी र माइलो दाइ एकदम चिन्तित छाै। हजुरसँग छिट्टै भेट हाेस भनी हरदिन, हरपल कामना गरि बसेका छाैँ। हजुर जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ कृपया कान्छो भाइकाे पुकार सुनेर एकपटक सम्पर्क गर्नुहुनेछ भन्ने ठुलाे आशा बाेकेर बसेकाे छु।

हजुरसँग हामीबाट टाढा रहेर स्वतन्त्र रुपमा रहने अधिकार भएता पनि हामी हजुरसँग भेट्ने तिब्र इच्छा लिएर लिएर बसेका छाैँ। आशा छ हजुरले हाम्रो कुरा सुनेर छिट्टै सम्पर्कमा आउनुहुनेछ।

हजुरकाे अभागी भाइ सुजन
मलेखु, धादिङ।

एउटै आमाको कोखबाट जन्मिएका सन्तानको जती माया हुने गर्दछ त्यती माया अरु कसैको हुदैन भन्ने गरिन्छ नी, हगी !

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...