News Portal

बेपत्ता दाजुलाई घर फर्कनको निम्ती भाइको भावूक पत्र

सुजन कडेल
१११० पटक

जतिबेला हजुरलाई भाइकाे आवश्यकता थियाे, मैले ‍भाइ भएर पनि भाइ हुनुकाे जिम्मेवारी पूरा गर्न सकिन।

काठमाडौँ। धादिङको गजुरी गाऊँपालिका वडा नम्बर २ मलेखुका सुजन कडेलले वि.सं २०६९ सालमा बेपत्ता भएका आफ्ना सहोदर दाजु प्रवेश कडेललाई घर फर्कन आग्रह गर्दै निकै भावुक पत्र लेखेका छन। पढ्नुहोस उक्त पत्र जस्ताको तस्तै:

प्याराे दाजु नमस्कार !
जब जिन्दगीमा दुख, पीडा अनि चाेटकाे वर्षा सुरु हुन्छ तब मानिसलाई आफ्ना र आफन्तका यादले बढी सताउदछ भन्ने भनाइ आज चरितार्थ बनेकाे छ। लामाे समयदेखि हजुरकाे अभाव भाेग्दै आएकाे म यसै पत्रमार्फत हजुरलाई सम्झना र मायाकाे काेशेली पस्कन जाँदैछु।

मेराे घमण्ड, अज्ञानता, कठाेर पन र अदुरदर्शी साेचकाे कारणले दाजु हजुरसँग त्यति नजिक हुने अवसर त मिलेन। जतिबेला हजुरलाई भाइकाे आवश्यकता थियाे, मैले ‍भाइ भएर पनि भाइ हुनुकाे जिम्मेवारी पूरा गर्न सकिन। मलाई खेद यस विषयमा छ कि हजुरले मलाई असल मान्छे बनाउन देखेकाे सपना मैले पूरा गर्न सकिन।

समय न कसैले चाहे अनुसार चल्छ न कसैले राेक्न खाेजेर नै राेकिन्छ। याे गतिशील छ। समयले दाजु हजुरलाई जुन बाटाेमा डाेहाेर्याएकाे थियाे, मलाई पनि आज त्यही र त्यस्तै अवस्थामा खेदेकाे छ। परिवारकाे सबै भन्दा ठुलाे सदस्यको नाताले हामी भाइबहिनीमा जुन किसिमको भुमिका निभाउने प्रयास गर्नुभयाे त्याे आफैमा सर्हानिय रहेकाे छ।

दाजु हजुरले आफ्ना चाहना, इच्छा, साेच र आकांक्षालाई तिलाञ्जली दिदै आफ्नाे भाइबहिनी प्रति देखाउनु भएकाे माया ममता हामी सदैब ऋणी छाै। तर जब हामी एक भएर रहने वातावरण तयार हुँदै थियाे, हजुर एकाएक हामीबाट टाढा हुनुभयाे।

चार जनाकाे परिवारमा सबैभन्दा कान्छाे म आज परिवारकै ठुलाे जिम्मेवारी बहन गर्नुपर्ने भुमिकामा पुगेकाे छु। हजुरकाे अभाव र आवश्यकताकाे महत्त्व बुझ्दै गरेकाे मैले हजुरले चाल्नुभएकाे कतिपय कदममा सहयोग गर्न नसक्दाकाे दिन सम्झदा दुख लागेर आउँछ।

नियतिकाे खेल भनाै वा, विधाताकाे चाहना हामी एक भएर रहन सकेनाैँ। मैले हजुर हामी बिच रहदा हजुरकाे त्यागकाे महत्त्व बुझ्न सकिन। त्यसैले हजुर हामीबाट टाढा हुनुभन्दा अघि जुन किसिमको अवस्थामा हुनुहुन्थ्यो म अहिले त्यहि अवस्थासँग जुधिरहेकाे छु।

हजुर बेपत्ता हुनुभएको यतिका समय भइसक्दा पनि कुनै खबर पाउन नसक्दा म, दिदी र माइलो दाइ एकदम चिन्तित छाै। हजुरसँग छिट्टै भेट हाेस भनी हरदिन, हरपल कामना गरि बसेका छाैँ। हजुर जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ कृपया कान्छो भाइकाे पुकार सुनेर एकपटक सम्पर्क गर्नुहुनेछ भन्ने ठुलाे आशा बाेकेर बसेकाे छु।

हजुरसँग हामीबाट टाढा रहेर स्वतन्त्र रुपमा रहने अधिकार भएता पनि हामी हजुरसँग भेट्ने तिब्र इच्छा लिएर लिएर बसेका छाैँ। आशा छ हजुरले हाम्रो कुरा सुनेर छिट्टै सम्पर्कमा आउनुहुनेछ।

हजुरकाे अभागी भाइ सुजन
मलेखु, धादिङ।

एउटै आमाको कोखबाट जन्मिएका सन्तानको जती माया हुने गर्दछ त्यती माया अरु कसैको हुदैन भन्ने गरिन्छ नी, हगी !

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...