झेल र खेल सत्ताको सधै कस्तो यो बानी हो
यही झेल, खेलमा देशको तिमीले स्वाधीनता खाने हो?
मेटिन्छ तिम्रो कुर्सीको तिर्खा आशन कतिले
असीमित भोक शोक र पदको विगार्ला अतिले?
सुन्दैनौ किन जनताको आवाज स्पन्दन माटोको
उपेक्ष कीन गौरब आफ्नै मौलिक बाटोको?
खाएको अन्न, पिएको पानी नेपाली धर्तीको
भक्तिभाव भने पराईको गर्ने अबत अति भो?
हुर्काउने आमा, पराधीन हुने जाल किन बिछ्याउछौ
गल्ति नै गल्ति, विकृति त्यस्तै कहिले सच्याउछौ?
अमर हुने सदैव ठान्ने अन्धो भई स्वार्थमा
अधम जस्तो जीवन किन बिताउछौ ब्यार्थमा?
डा. भीम रावल