News Portal

दुर्गमकी किशोरीको स्टाफ नर्स पढ्ने सपना अधुरै

हिमालीसंचार संवाददाता
४०२ पटक

भक्तबहादुर शाही,
दैलेख। ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया किशोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो। दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाफ नर्स पढ्ने रहर जागेको थियो।

तर, विडम्बना स्टाफ नर्स बन्ने सपना बोकेकी दशौदीको आजभोलि भाइबहिनीको रेखदेख र घरायसी काममा अधिकांश समय बित्ने गरेको छ। २०७२ सालमा आमा मनीषाको मृत्युपछि घरायसी कामको बोझ भुवानसराको थाप्लोमा थोपरिएको हो। भुवानसरा पढाइमा राम्रो छात्रा हुन्, तर आजभोलि घरायसी कामको बोझले पहिले जस्तो पढाइ नभएको शिक्षक भिमबहादुर भण्डारीले जानकारी दिए। कसैले आफूलाई सहयोग गरेमा स्टाफ नर्स पढ्ने सपना पूरा हुनेमा आशावादी छन्।

बिहान उठ्नेबित्तिकै ढिकी जाँतो, चुलोचौकामा उनको समय बित्छ। भाइबहिनीलाई खाना खुवाएर स्कुल पठाइसकेपछि मात्र आफू पढ्न जान्छन्। आर्थिक अवस्था कमजोर हुँदा भुवानसराका दाजु हिमराज दशौदीले विद्यालय जानका लागि कापी, कलम र झोलाको जोहो गर्न नसक्दा विद्यालय जान छोडिसकेका छन्। हिमराजले विद्यालय छोडेको चार वर्ष भयो। दाजु हिमबहादुरले त पढाइ छोडे।

अब मेरो पढाइ पनि हुँदैन जस्तो लागेको छ। भाइ-बहिनीलाई पढाउनुप-यो, भुवानसराले पीडा सुनाइन्। आमा बिरामी हुँदा घरमा धेरै ऋण लागेको छ। दशौदी परिवार अहिले त्यो ऋण कसरी तिर्ने चिन्तामा छन्। ‘गाउँमा उत्पादन केही पनि हुँदैन। उत्पादन भएको वस्तु विक्रीका लागि नजिक बजार छैन। छोराछोरीलाई कापी, कलम र कपडा कसरी किन्ने भन्ने चिन्ता लागेको छ।

छोराछोरी कहिले जुत्ता स्कुलको कपडा भन्छन्, नानीकी आमा बिरामी हुँदा लिएको साहुको ऋण तिर्न सकेको छैन,’मनबहादुर दशौदीले दुखेसो पोखे। मनबहादुरका घरमा ६ वटा बाख्रा, एक हल गोरु एक भैंसी छ। आम्दानीको स्रोत भनेको पनि यही हो। उनले थपे, ‘कलिलै उमेरमा पत्नी गुमाएका दशौदी छोराछोरीकै लागि मुग्लान नगएको बताउँछन्। छोराछोरी साना छन्, छोडेर कसरी जाने भारत गएको भए साहुको ऋण तिर्न सकिन्थ्यो।’

आर्थिक अवस्था कमजोर भएका दशौदी परिवारका बालबालिका झोला नहुँदा बोरामा कापी किताब हालेर विद्यालय जान्छन्। तपेन्द्र अमृता सरस्वती आधारभूत विद्यालय बजायामा पढ्छन् भने भुवनसरा माझखर्क विद्यालयमा पढने गरेको बाबु मनबहादुरले बताए। सरहरूले ड्रेस लगाएर आउनु भन्नुहुन्छ। म एक्लो मान्छे गाई, बाख्रा चराउनेकी काममा जाने। छोराछोरीलाई पढाएर जागिर खुवाउने रहर बाबु मनबहादुरको छ। – राजधानीबाट।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...