News Portal

दुर्गमकी किशोरीको स्टाफ नर्स पढ्ने सपना अधुरै

हिमालीसंचार संवाददाता
४८७ पटक

भक्तबहादुर शाही,
दैलेख। ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया किशोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो। दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाफ नर्स पढ्ने रहर जागेको थियो।

तर, विडम्बना स्टाफ नर्स बन्ने सपना बोकेकी दशौदीको आजभोलि भाइबहिनीको रेखदेख र घरायसी काममा अधिकांश समय बित्ने गरेको छ। २०७२ सालमा आमा मनीषाको मृत्युपछि घरायसी कामको बोझ भुवानसराको थाप्लोमा थोपरिएको हो। भुवानसरा पढाइमा राम्रो छात्रा हुन्, तर आजभोलि घरायसी कामको बोझले पहिले जस्तो पढाइ नभएको शिक्षक भिमबहादुर भण्डारीले जानकारी दिए। कसैले आफूलाई सहयोग गरेमा स्टाफ नर्स पढ्ने सपना पूरा हुनेमा आशावादी छन्।

बिहान उठ्नेबित्तिकै ढिकी जाँतो, चुलोचौकामा उनको समय बित्छ। भाइबहिनीलाई खाना खुवाएर स्कुल पठाइसकेपछि मात्र आफू पढ्न जान्छन्। आर्थिक अवस्था कमजोर हुँदा भुवानसराका दाजु हिमराज दशौदीले विद्यालय जानका लागि कापी, कलम र झोलाको जोहो गर्न नसक्दा विद्यालय जान छोडिसकेका छन्। हिमराजले विद्यालय छोडेको चार वर्ष भयो। दाजु हिमबहादुरले त पढाइ छोडे।

अब मेरो पढाइ पनि हुँदैन जस्तो लागेको छ। भाइ-बहिनीलाई पढाउनुप-यो, भुवानसराले पीडा सुनाइन्। आमा बिरामी हुँदा घरमा धेरै ऋण लागेको छ। दशौदी परिवार अहिले त्यो ऋण कसरी तिर्ने चिन्तामा छन्। ‘गाउँमा उत्पादन केही पनि हुँदैन। उत्पादन भएको वस्तु विक्रीका लागि नजिक बजार छैन। छोराछोरीलाई कापी, कलम र कपडा कसरी किन्ने भन्ने चिन्ता लागेको छ।

छोराछोरी कहिले जुत्ता स्कुलको कपडा भन्छन्, नानीकी आमा बिरामी हुँदा लिएको साहुको ऋण तिर्न सकेको छैन,’मनबहादुर दशौदीले दुखेसो पोखे। मनबहादुरका घरमा ६ वटा बाख्रा, एक हल गोरु एक भैंसी छ। आम्दानीको स्रोत भनेको पनि यही हो। उनले थपे, ‘कलिलै उमेरमा पत्नी गुमाएका दशौदी छोराछोरीकै लागि मुग्लान नगएको बताउँछन्। छोराछोरी साना छन्, छोडेर कसरी जाने भारत गएको भए साहुको ऋण तिर्न सकिन्थ्यो।’

आर्थिक अवस्था कमजोर भएका दशौदी परिवारका बालबालिका झोला नहुँदा बोरामा कापी किताब हालेर विद्यालय जान्छन्। तपेन्द्र अमृता सरस्वती आधारभूत विद्यालय बजायामा पढ्छन् भने भुवनसरा माझखर्क विद्यालयमा पढने गरेको बाबु मनबहादुरले बताए। सरहरूले ड्रेस लगाएर आउनु भन्नुहुन्छ। म एक्लो मान्छे गाई, बाख्रा चराउनेकी काममा जाने। छोराछोरीलाई पढाएर जागिर खुवाउने रहर बाबु मनबहादुरको छ। – राजधानीबाट।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...