News Portal

कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा उधौली मनाउने

हिमालीसंचार संवाददाता
२७१ पटक

कुवेत -भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले हिजो डिसेम्बर ३ तारिकका दिन किरात याक्थुम चुम्लुङ कुवेतका अध्यक्ष् अरुण लिम्बुको अध्यक्ष्यतामा तिनै संस्थाका पदाधिकारीहरु बसेको बैठकले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०८१ आगामी  डिसेम्बर २४ मा किरात याक्थुम चुम्लुङ कुवेतको संयोजकत्वमा मनाउने निर्णय गरेको छ।

तिन किरातीहरु एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथ उदाहरणका रुपमा कुवेतमा तीन किरातीहरुले विभन्न संस्कृतिक झाँकीका साथ बिगत केहि वर्ष यतादेखि संयुक्तरुपमा चाडहरु मनाउँदै आइरहेको र बिगर २ बर्ष यता विश्व महामारी कोरोनाका कारण कुवेत सरकारले महामारी नियन्त्रणको लागि जमघट गर्न प्रतिबन्ध लगाए यता यो पहिलो पटक कार्यक्रम हुन गैरहेको हो।

यसै अनुरुप यसपाली पनि निरन्तता दिदै तीन किराती संस्थाहरुले संयुक्त रुपमा उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार २०१९ तथा येले दोङ येले तम्बे येले थोचे ५०८१ कार्यक्रमको आयोजना गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले परदेशी खबरलाइ जनकारी दिएक छन्।

अध्यक्ष राईले उधौली किन? भन्ने प्रश्नलाई संक्षेपमा ब्यख्य गर्दै भने “प्रवासमा छौँ तर विश्वको जुनसुकै कुना कान्दारामा रहेता पनि हामी नेपाली हौँ हामिसंग नेपाली पन छ नेपाली मन छ। हामिसंग नेपाली संस्कार संस्कृति अमर छन् त्यसैले संस्कार संस्कृतिलाई जगेर्ण गर्दै भावी पुस्ताहरुलाइ पनि ती संस्कार संस्कृति हस्तान्तरण गर्ने जिम्मेवारी यो पुस्ताको हो।

त्यसैले हामिले हाम्रो बिरासतलाइ सधैं गौरवका साथ कायम राख्नुपर्दछ” थप्दै उनले भने “संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन। त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो।भन्ने जोड दिएका छन्।

अध्यक्ष राईले उक्त दिन कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतमा कार्यरत सम्पुर्ण  नेपाली दाजुभाई दिदीबहिनीहरुलाई समेत आग्राह गरेका छन्।

कार्यक्रमको विवरण

मिति: २४ डिसेम्बर २०२१

समय: बिहान ११ बजे

स्थान: मेमोरिस हल, मंगफ

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...