News Portal

साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण, १० जनाको मृत्यु

हिमालीसंचार संवाददाता
४५४ पटक

एजेन्सी।
साउदी अरेबियाको जाजन सहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने, एक दर्जन मानिस घाइते भएका छन्। यमनसंग सिमाना जोडिएको उक्त सहरको विमानस्थलमा हिजो (शुक्रबार) राती हमला भएको हो।

ड्रोन आक्रमणबाट विमानस्थलमा रहेका ६ जना साउदी अरेवियन, ३ जना बङ्गलादेशी र एक जना सुडानीको मृत्यु भएको र विमानस्थलको भौतिक क्षति पनि ठुलो भएको जनाइएको छ। घाइतेहरु मध्ये ५ जनाको अवस्था अज्ञात रहेको र पाँच जना सामान्य घाइते भएको पनि साउदी अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन्।

आक्रमणको जिम्मा अहिलेसम्म कसैले नलिए पनि साउदी अरब नेतृत्वको सुरक्षा फौजमाथि निशाना लगाउँदै आएको यमनको हुथी फोर्सको हात रहेको अनुमान गरिएको छ। गत अगस्टमा पनि सोही विमानस्थलमा ड्रोन आक्रमण भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...