News Portal

मगर फुटाउन खोज्ने दलालविरुद्ध कठोर कदम चाल्ने मगर संघको चेतावनी

हिमालीसंचार संवाददाता
४५५ पटक

काठमाडौं – राष्ट्रिय जनगणना सुरु भइसकेको बेला ‘पुन समाज नेपाल’को लेटरहेडमा गत भदौ ३१ गते जारी गरिएको एक अपिल पत्रले मगर समुदायमा खैलाबैला मच्चिएको छ ।

उक्त पत्रमा जनगणनामा पुन मगरहरुका लागि ‘जातिमा पुन, मातृभाषामा पुन र धर्ममा कर्पाकेली’ लेखाउन अपिल गरिएको छ ।सोको नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर र महासचिव ज्ञानेन्द्र पुन मगरले असोज १ गते एक प्रेस विज्ञप्ति जारी गरी घोर भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा मगर जाति र समाजको विकास र अधिकार दिलाउने नाममा मगर जाति र समाज विभाजन गर्नका लागि कुनै पनि मगर संघसंस्था स्थापना गर्ने र चलाउने छुट नभएको प्रष्ट पारिएको छ ।

‘मगर जाति र समाजको विकास र अधिकार दिलाउने नाममा मगर जाति र समाज विभाजन गर्नका लागि मगर समाजभित्रका कुनै पनि मगर संघसंस्था स्थापना गर्ने र चलाउने छुट वा सुविधा हरबखत कसैलाई छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतमा कुनै पनि कारणले सिर्जना भएका समस्याहरुलाई हल गर्न अहिले नेपाल मगर संघको केन्द्रीय समिति, संरक्षक समिति र सल्लाहकार समितिमा पुन समाज नेपाल र पुन मगर समाज नेपाल यी दुईवटा संस्थाबाट प्रतिनिधि राखेर काम गरेको पाँच वर्ष भइसकेको छ।

मगर संघको विज्ञप्ति 

आज फेरि मगर जातिभित्रको विभिन्न मौलिक थरहरुमध्ये पुन थरलाई जात र मगर मातृभाषालाई पुन भाषा भन्ने भनेर पैसाका लागि मगर एकता फुटाउने केही दलाल वा कुनै बेला कुनै पनि कारणले पुन मगर जातको आवरण लिएका केही नक्कली पुन मगर बनेका जासुसीहरुको गलत प्रचार र मगर जाति फुटाउने भ्रममा आम मगरजनहरु नपर्न नेपाल मगर संघको तर्फबाट जानकारी गराउँदछौं ।’

विज्ञप्तिमा अहिलेसम्म मगरलाई फुटाउने तत्वहरुको एक–एक हिसाब राखिएको भन्दै मगर एकता भत्काउने कार्य नरोकिए कठोर कदम चालिने समेत उल्लेख छ । विज्ञप्तिमा जनगणनामा ‘जातिमा मगर, मातृभाषामा मगर ढुट वा मगर खाम/पाङ वा मगर काइके र धर्ममा प्रकृतिपूजक वा बुद्ध’ लेखाउन अपिल गरिएको छ ।

पुन समाजको अपिल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...