News Portal

नेपाल आदिवासी जनजाति महासंघ युएईको अधिवेशन सम्पन्न अध्यक्षमा विजयलक्ष्मी राई

हिमालीसंचार संवाददाता
७२५ पटक

युएई – नेपाल आदिवासी जनजाति महासंघ युएईको अधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा विजयलक्ष्मी राई चयन भएकी छिन् । गत शुक्रबार सम्पन्न भएको अधिवेशनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

विजयलक्ष्मी यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेकी थिइन् । अध्यक्ष पदमा चयन भएसँगै राईले आफ्नो कार्यकालमा आवद्ध सबै जातिय संघसंस्था तथा विदेशी शाखासँग समन्वय गरेर आदिवासी जनजातिको मुल मुद्धालाई उठान गर्ने बताए । 

संस्थालाई ‘नेफिन’ युएईमा दर्ता प्रक्रियालाई अगाडि बढाउने प्रतिवद्धता समेत जाहेर करिन्। राईले हिमालीसंचार डटकमसंगको कुराकानीमा “आफ्नो जिम्मेवारीप्रति पूर्ण कर्तव्यनिष्ट हुने प्रतिवद्धता जनाउँदछु।”

नेपाल जनजाति महासंघ युएईका अध्यक्ष पदका लागि बिजयालक्ष्मी राईसहित तीन जनाले उमेदवारी दिएका थिए । सुरुमा सहमतिमा कार्यसमिति चयन गर्ने भनिए पनी प्रयास असफल भएपछि निर्वाचन संयोजक डेरराज गुरुङको संयोजत्वमा अनलाइन भोटिङको व्यवस्था गरिएको थियो । भोटिङमा विभिन्न १० जातीय संघसंस्था सहभागी भएका थिए ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नविन दोङ, (तामाङ समाज युएई), उपाध्यक्षमा डम्बर लिबाङ लिम्बू (किरात याक्थुङ चुम्लुङ युएई), उपाध्यक्षमा निमा शेर्पा (शेर्पा किदुग युएई), महासचिव रन्जन भुजेल (प्रवासी भुजेल सेवा समाज युएई) र सचिवमा रिन्जिन पासाङ शेर्पा (शेर्पा किदुग युएई) चयन भएका छन् ।

यस्तै, महासंघको प्रवक्तामा पदम योञ्जन (तामाङ समाज युएई), कोषाध्यक्ष बिक्रम पधाक लिम्बू (किरात याक्थुङ चुम्लुङ युएई) र सहकोषाध्यक्षमा सोनु थोकर (तामाङ समाज युएई) चयन भएका छन् ।

महिला प्रमुखमा मनु गाहा मगर (नेपाल मगर शाखा युएई) रहेको महासंघको सदस्यहरुमा पासाङ शेर्पा, यमन घर्ती, राजेन्द्र थापा मगर, भुपेन्द्र थनेत, सुर्यनारायण चौधरी, भगिरथी कुमार भगत, दलबहादुर जिटी, राजु गुरुङ, प्रबिन गुरुङ, पेचकुमार सुनुवार, रमाकुमारी सुनुवार र धनकृष्ण राई रहेका छन् ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...