News Portal

नेपाल टेलिकमद्वारा रंगेली अस्पताललाई मल्टिपल मोबाईल चार्जर हस्तान्तरण

हिमालीसंचार संवाददाता
३११ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित रहेको रंगेली अस्पताललाई नेपाल टेलिकमद्वारा मल्टिपल मोबाईल चार्जर स्टेसन हस्तान्तरण गरेको छ ।

रंगेली अस्पतालमा आउने बिरामी कुरुवा तथा उपचारमा आएका  सेवा ग्राहीहरुका लागि सहज होस भन्ने उदेश्यले नेपाल टेलिकम बिराटनगरले २० हजार रुपैयाँ बराबरको एक थान मोबाईल चार्जर स्टेसन जडान गरेको हो। 

पछिलो समयमा सबैको हातहातमा  मोबाईल हुन थालेपछि अस्पतालमा रातिको समयमा बिरामी कुरुवा तथा उपचारका लागि अस्पतालमा आएका सेवा ग्राहिहरुका लागि मोबाईल चार्जको लागि समस्या हुन थालेपछि नेपाल टेलिकमले अस्पतालमा मल्टिपल मोबाईल चार्जर हस्तान्तरण गरेको हो । 

टेलिकमले एक कार्यक्रमको आयोजना गर्दे अस्पतालका मेसु डाक्टर रोहेन्द्र पाण्डेलाई नेपाल टेलिकम बिराटनगरका प्रमुख  सुदिप दासले उक्त सामान हस्तानत्रण गरेका थिए । सेवा ग्राहिहरुलाई सहज र सरल होस भनेर टेलिकमले मल्टिपल मोबाईल चार्ज जडान गरी दिएको र आगामी दिनहरुमा अस्पताल लगायत विभिन्न सार्वजनिक स्थानहरुमा सेमेत मोबाईल चार्जर  बितरण समेत गर्दे लैजाने दासले बताए । 

उक्त चार्जरमा एक पटकमा १६ वटासम्म विभिन्न किसिमका मोबाईलहरु चार्जर गर्न मिल्ने समेत उनले बताए । डाक्टर पाण्डेले भने यसरी बिरामी कुरुवाका लागि टेलिकमले माेवाईल चार्जर दिएपछि टेलिकमलाई धन्यवाद समेत दिएका छन । कार्यक्रममा नेपाल टेलिकम बिराटनगरका प्रमुख सुदिप दास, अस्पतालका मेसु राेहेन्द्र पाण्डे, स्थानीय वेदमाणी घिमिरे , लगायतको उपस्थिति समेत रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...