News Portal

नेपाल टेलिकमद्वारा रंगेली अस्पताललाई मल्टिपल मोबाईल चार्जर हस्तान्तरण

हिमालीसंचार संवाददाता
३३५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित रहेको रंगेली अस्पताललाई नेपाल टेलिकमद्वारा मल्टिपल मोबाईल चार्जर स्टेसन हस्तान्तरण गरेको छ ।

रंगेली अस्पतालमा आउने बिरामी कुरुवा तथा उपचारमा आएका  सेवा ग्राहीहरुका लागि सहज होस भन्ने उदेश्यले नेपाल टेलिकम बिराटनगरले २० हजार रुपैयाँ बराबरको एक थान मोबाईल चार्जर स्टेसन जडान गरेको हो। 

पछिलो समयमा सबैको हातहातमा  मोबाईल हुन थालेपछि अस्पतालमा रातिको समयमा बिरामी कुरुवा तथा उपचारका लागि अस्पतालमा आएका सेवा ग्राहिहरुका लागि मोबाईल चार्जको लागि समस्या हुन थालेपछि नेपाल टेलिकमले अस्पतालमा मल्टिपल मोबाईल चार्जर हस्तान्तरण गरेको हो । 

टेलिकमले एक कार्यक्रमको आयोजना गर्दे अस्पतालका मेसु डाक्टर रोहेन्द्र पाण्डेलाई नेपाल टेलिकम बिराटनगरका प्रमुख  सुदिप दासले उक्त सामान हस्तानत्रण गरेका थिए । सेवा ग्राहिहरुलाई सहज र सरल होस भनेर टेलिकमले मल्टिपल मोबाईल चार्ज जडान गरी दिएको र आगामी दिनहरुमा अस्पताल लगायत विभिन्न सार्वजनिक स्थानहरुमा सेमेत मोबाईल चार्जर  बितरण समेत गर्दे लैजाने दासले बताए । 

उक्त चार्जरमा एक पटकमा १६ वटासम्म विभिन्न किसिमका मोबाईलहरु चार्जर गर्न मिल्ने समेत उनले बताए । डाक्टर पाण्डेले भने यसरी बिरामी कुरुवाका लागि टेलिकमले माेवाईल चार्जर दिएपछि टेलिकमलाई धन्यवाद समेत दिएका छन । कार्यक्रममा नेपाल टेलिकम बिराटनगरका प्रमुख सुदिप दास, अस्पतालका मेसु राेहेन्द्र पाण्डे, स्थानीय वेदमाणी घिमिरे , लगायतको उपस्थिति समेत रहेको थियो।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...