काठमाडौं – मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको नर्भिक अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमा उपचारत धिमिरेको बुधबार साँझ ६:५१ बजे निधन भएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएकोमा दु:ख व्यक्त गरेका छन् ।
कलाकार धिमिरेको दुर्घटनामा परी गम्भीर घाइते भएकी धिमिरेलाई गम्भीर अवस्थामा घरमा रहेका बेला नर्भिक अस्पतालले गत २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरेपश्चात् अस्पतालले कलाकार धिमिरेको निःशुल्क उपचारको जिम्मेवारी लिएको थियो ।