News Portal

युवा नेता राईको पहलमा जिल्लामा करोडौंको स्वास्थ्य सामग्री

हिमालीसंचार संवाददाता
५९० पटक

खोटाङ – नेपाली कांग्रेसका युवा नेता रविप्रकास राईको पहलमा खोटाङ जिल्लामा करोडौंका स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरिएको छ।

पाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयलको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ को रोमथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री जुटाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जुटाइएको अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टीजेन किट, गाउन सेट, मास्क, ग्लोव्स लगायतका स्वास्थ्य सामग्री बुधबार नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकास राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट १० हजार सेट एन्टीजेन किट, ५० पिस पल्स अक्सिमिटर, ५० लिटर क्षमताको २५ पिस अक्सिजन सिलिण्डर र १ सय पिस नजल अक्सिजल ट्यूव लगायदका अत्यावश्यक स्वास्थ्य सामाग्री रहेको छ ।

यस्तै, ७ सय पिस कोभिड गाउन सेट, ३ सय जोडी कोभिड सुज कजर, ५० पिस डेथबडी व्याग, ३ सय पिस कोभिड फेसशिल्ड, २५ लिटर ह्याण्टसेनीटाइजर, ५ सय जोडी कोभिड ग्लोभ्स, ८ हजार पिस कोभिड मास्क, ५ सय पिस एन ९५ मास्क र ३ सय पिस सर्जिकल मास्क समेत रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलका अनुसार करिब तीन करोडको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको हो । जिल्लाका १० वटै स्थानीय तहमा पुर्‍याउनेगरी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको महासमिति सदस्य राईले हिमालीसंचार डटकमसंग बताए ।

राईका अनुसार ‘जव हामी खोटाङका गाउँ–गाउँमा पुग्यौं, कोभिडबाट नागरिक छट्पटाइरहेका पायौं । अक्सिजन नपाएर नागरिकले कष्ट खेप्न वाध्य थिए । कतिले ज्यान गुमाउनु पर्‍यो । त्यही दृष्टान्टलाई मध्यनजर गर्दै काठमाडौ पुगेकोबेला स्वास्थ्य सामग्री ल्याउनका लागि पुलको काम गरेका हौँ,’ महासमिति सदस्य राईले थप भने, ‘अक्सिजनको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् ।

जिल्लामा सहज तरिकाले महामारी विरुद्ध लड्न सकियोस् भन्ने हेतुले हामीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेर स्वास्थ्य सामग्री ल्याएका हौं ।’ मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री ढुवानी खर्च आफैले जुटाएर काठमाडौबाट जिल्लासम्म ल्याइएको जानकारी दिए ।

उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाली कांग्रेस महासमिती सदस्य कमला राई लगायतको उपस्थिति रहेको थियो । कांग्रेसजन महाधिबेसनमा होमिएको बेला महासमिति सदस्य राई दुई गाडी स्वास्थ्य सामग्री लिएर जिल्ला पुगेका हुन् ।

कोरोना महामारीको यो संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र कतिपय व्यक्तिगत सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री जुटिरहेको छ ।

स्वास्थ्य कार्यालयको माग एवं जिल्लाका जनप्रतिनिधि तथा दलका नेताको पहलमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतमा स्वास्थ्य सामग्री भित्रिने क्रम जारी छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...