News Portal

  • युवा नेता राईको पहलमा जिल्लामा करोडौंको स्वास्थ्य सामग्री

    हिमालीसंचार संवाददाता
    ५५५ पटक

    खोटाङ – नेपाली कांग्रेसका युवा नेता रविप्रकास राईको पहलमा खोटाङ जिल्लामा करोडौंका स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरिएको छ।

    पाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयलको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ को रोमथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री जुटाइएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जुटाइएको अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टीजेन किट, गाउन सेट, मास्क, ग्लोव्स लगायतका स्वास्थ्य सामग्री बुधबार नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकास राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका हुन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट १० हजार सेट एन्टीजेन किट, ५० पिस पल्स अक्सिमिटर, ५० लिटर क्षमताको २५ पिस अक्सिजन सिलिण्डर र १ सय पिस नजल अक्सिजल ट्यूव लगायदका अत्यावश्यक स्वास्थ्य सामाग्री रहेको छ ।

    यस्तै, ७ सय पिस कोभिड गाउन सेट, ३ सय जोडी कोभिड सुज कजर, ५० पिस डेथबडी व्याग, ३ सय पिस कोभिड फेसशिल्ड, २५ लिटर ह्याण्टसेनीटाइजर, ५ सय जोडी कोभिड ग्लोभ्स, ८ हजार पिस कोभिड मास्क, ५ सय पिस एन ९५ मास्क र ३ सय पिस सर्जिकल मास्क समेत रहेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलका अनुसार करिब तीन करोडको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको हो । जिल्लाका १० वटै स्थानीय तहमा पुर्‍याउनेगरी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको महासमिति सदस्य राईले हिमालीसंचार डटकमसंग बताए ।

    राईका अनुसार ‘जव हामी खोटाङका गाउँ–गाउँमा पुग्यौं, कोभिडबाट नागरिक छट्पटाइरहेका पायौं । अक्सिजन नपाएर नागरिकले कष्ट खेप्न वाध्य थिए । कतिले ज्यान गुमाउनु पर्‍यो । त्यही दृष्टान्टलाई मध्यनजर गर्दै काठमाडौ पुगेकोबेला स्वास्थ्य सामग्री ल्याउनका लागि पुलको काम गरेका हौँ,’ महासमिति सदस्य राईले थप भने, ‘अक्सिजनको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् ।

    जिल्लामा सहज तरिकाले महामारी विरुद्ध लड्न सकियोस् भन्ने हेतुले हामीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेर स्वास्थ्य सामग्री ल्याएका हौं ।’ मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री ढुवानी खर्च आफैले जुटाएर काठमाडौबाट जिल्लासम्म ल्याइएको जानकारी दिए ।

    उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाली कांग्रेस महासमिती सदस्य कमला राई लगायतको उपस्थिति रहेको थियो । कांग्रेसजन महाधिबेसनमा होमिएको बेला महासमिति सदस्य राई दुई गाडी स्वास्थ्य सामग्री लिएर जिल्ला पुगेका हुन् ।

    कोरोना महामारीको यो संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र कतिपय व्यक्तिगत सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री जुटिरहेको छ ।

    स्वास्थ्य कार्यालयको माग एवं जिल्लाका जनप्रतिनिधि तथा दलका नेताको पहलमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतमा स्वास्थ्य सामग्री भित्रिने क्रम जारी छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...