आज : २०२६-०६-०५, शुक्रबार

मोरङको रंगेलीमा मानव अधिकार न्यायका लागि दुई दिन कार्यक्रम शुरु

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मानव अधिकार र सामाजिक न्यायका निम्ति दुई दिन अभिवृद्धि कार्याक्रम सुरु भएको छ । “मानव अधिकार र सामाजिक न्यायका निम्ति”भन्ने मुल नराका साथ न्यायीक समिति, मानव अधिकार समुह तथा अन्य सरोकारवालाहरुलाई आर्थिक, सामाजिक अधिकारसम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला गोष्टि  सुरु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि मुरारी खरेलले मैन बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।  सो कार्यक्रममा इन्सेक  केन्द्रिय  संयोजक  सुना प्याकुरेल,  इन्सेक का प्रदेश    का  प्रमुख सोमराज थापा, इन्सेकका कार्यक्रम अधिकृत बागमती कट्टेल, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ का निर्देशक नीतु गड्तौला, वडा अध्यक्ष रामचन्द्र मंण्डल, उषा झा र पुनम सापकोटा लगायतको उपस्थित समेत रहेको थियो ।

नेपालमा प्रजातन्त्र पुनःस्थापना र इन्सेक अभियान अहिले देशभरी नै मानवअधिकार सचेतना अभियान फैलाउ मानव अधिकार समूहबनाले मानव अधिकार संख्या दर्ता शिविर लगाउने र जातिय विभेद विरुद्ध अभियानमा इन्सेकको महत्त्वपूर्ण योगदान समेत रहेको सहभागीहरुले बताए ।