News Portal

गाजा बोकेर कतार जान लागेका चितवनका बुद्धिराज पाठक विमानस्थलमा पक्राउ

हिमालीसंचार संवाददाता
५४० पटक

काठमाडौं।
गाजा बोकेर त्रिभुवन विमानस्थल पुगेका एक व्यक्ति पक्राउ परेका छन्। चितवन खैरेनी- १० घर भएका २९ वर्षीय बुद्धिराज पाठक त्रिभुवन विमानस्थलमा पक्राउ परेका हुन्। उनी कतार एयरलाइन्सको उडान क्युआर ६४९ नम्बरको जहाजबाट दोहा जाँदै थिए।

दोहा जानेक्रममा विमानस्थलमा सुरक्षा जाँचको क्रममा उनको लगेजबाट प्रतिबन्धित लागुऔषध ८०० ग्राम गाजा भेटिएको थियो। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका एसपी जीवनकुमार श्रेष्ठका अनुसार पाठक मंगलबार बिहान १०:३० बजे उनलाई विमानस्थलबाट प्रक्राउ गरिएको हो।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको लगेजमा गाजा फेला परेको थियो। उनले ग्याष्ट्रिक हरण चुर्ण सगरमाथा आयुर्वेदिक औषधि उद्योग गोकणेश्वर१ लेखिएको बट्टाभित्र लुकाएर गाजा लगेका थिए।

गाजा बोकेर कतार जान लागेका पाठक विमानस्थलमा पक्राउ

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...