News Portal

ग्लोबल एनआरएन सिंगिङ आइडलको कुबेतबाट गायक बिबि मल्ल ठकुरी टप १५ मा छनोट

भोटको लागि अपिल !

हिमालीसंचार संवाददाता
८८८ पटक

कुवेत सिटी।
गैरआवासीय नेपाली संघद्वारा संचालन गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा लोकप्रिय गायक बिबि मल्ल ठकुरी कुवेतबाट टप १५ मा पुगेका छन। विभिन्न चरणमा उत्कृस्ट प्रस्तुती दिदै गायक मल्लले टप १५ को यात्रा तय गरेका हुन्‌।

नेपाल कुबेत सांस्कृतिक मन्च, लालीगुराँस सांस्कृतिक परिवार, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतलगायतका संस्थामा आवद्द र नेतृत्व गरिसकेका मल्ल लोकपप गीत, आधुनिक गीत गायक हुन्‌। काली मेरै हो बोलको गीतबाट थप चर्चा कमाएका गायक मल्ल अहिले ग्लोबल एनआरएन सिँगिङ आइडलका टप १५ मा पुगेपछि थप चर्चा बढेको छ।

ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन – २०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनौट भएका थिए। भर्चुअलमार्फत्‌ भएको ग्लोबल एनआरएन सिंगिङ आइडल – २०२१ दोस्रो जेनेरेसनको गालाराउन्डबाट २५ जना प्रतिस्पर्धी छनौट भएका थिए। ति २५ मध्येबाट अहिले टप १५ मा पुगेको छ। जसमा कुबेतबाट गायक मल्ल पनि टप १५ मा छनोट भएका हुन।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्‌, मध्यपूर्व क्षेत्रीय यूवा समतिले आयोजना गरेको ग्लोबल एनआरएनसिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्येबाट गाला राउन्डमा २५ जना पुगेका थिए। २५ जनाबाट अहिले टप १५ छनोट भएको हो।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू चर्चित गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्रा शाक्य र सुनिता दुलाल रहेका छन्‌। निर्णायकको मत र भोटिङमार्फत्‌ प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन्‌।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत्‌ ४० प्रतिशत अंक प्राप्त गर्नेछन्‌। सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन्‌। अब जति भोट गर्यो उति नै आफ्नो अघिल्लो चरणको यात्रा सहज हुने बताउदै गायक मल्लले एनआरएनए कुबेत, नेपाली संघ-सस्थालगायत कुबेतबासी नेपालीमा आफुलाई सहयोग गर्न अनुरोध गरेका छन। गायक मल्लको भोटिंग कोड ०४ रहेको छ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन्‌। त्यसैगरी, दोस्रो पुरस्कार ४ लाख रुपैयाँ, तेस्रो पुरस्कार २ लाख रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ भने, फाइनलमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने आयाेजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...