News Portal

कर्णाली प्रदेशका एक मन्त्रीमाथि बलात्कारको आरोप

हिमालीसंचार संवाददाता
४०९ पटक

कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बलात्कार आरोप लागेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो।

भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ। पीडित महिलाले ढोका खोल्छिन्। खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेर्छन्। 

प्रहरीको सम्पर्कमा पुगेका पीडितहरुले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जति बेला शाही प्रदेश सांसद मात्रै थिए। प्रहरीसम्म यो घटना ढिलोगरी पुग्नुमा पीडितहरुले तत्कालीन सांसद एवम् हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको देखिन्छ। कानुन व्यवसायीसँग छलफल गर्न पठाएका पीडित युवक गत शुक्रबार मध्यराति भेरी पुलमा कुटिएको घटनाबाट प्रहरी गम्भीर बनेको छ। 

पीडित महिलाका अनुसार मन्त्रीका स्वकीय सचिवले भने छलफलका लागि भन्दै राति ९ गतेतिर गाडीमा राखेर मन्त्रीका अंकलका छोराले लगेका थिए।  उनीहरु छिन्चु बजार पुगेर एक होटलमा मदिरापानसहित छलफलमा जुटेका थिए। फर्केर आउदा भेरीको पुलमा विवाद भयो। उक्त विवाद पारिवारिक नै थियो। तर घटना विवरण अनुसार छिन्चुमा लेनदेनको विषय नमिलेपछि उनीहरु वीरेन्द्रनगर फर्किएका थिए। वीरेन्द्रनगर फर्किनेक्रममा स्वकीय सचिव र शाहीले पीडित महिलाका श्रीमानलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए। प्रहरीले साढे १ बजेतिर युवकको उद्दार गरेको थियो। 

उनले श्रीमान सम्पर्कविहिन भएदेखि आफुले चार दिनदेखि खाना पनि नखाएको बताइन्। ‘मन्त्रीका स्वकीयले बोलाएर गएको, मध्यराति प्रहरीले भेरी पुलबाट उद्दार गरेको थाहा छ,’ उनले भनिन्, ‘त्यसयता श्रीमानको अत्तोपत्तो छैन्।’ उनले श्रीमान फेला नपर्दासम्म बलात्कारको विषयमा केही नबताउने बताइन्।

यता कृषिमन्त्री शाहीले सांसद हुँदा स्वकिय राखेका आर्थिक हिनामिना गरेका कारण आफुले स्वकिय राख्नबाट हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको बताए। उनले भने, ‘यो बारम्बारको बार्गिनङ हो। उसँग दुई वर्ष अगाडि देखि बोलचाल बन्द छ। विभिन्न योजना हालिदिनका लागि बाराम्बार मलाई दबाब पनि दिएको छ।’

यता कृषि मन्त्रीका पूर्व स्वकिय कसैको सम्पर्कमा छैनन। उनी श्रीमतिको पनि सम्पर्कमा छैनन्। मन्त्रीकै आफन्तले पूर्व स्वकिय बेपत्ता बनाएको हुन सक्ने अनुमान गरिएको छ। अन्नपुर्ण पोस्टले लेखेको छ।

प्रतिकृया दिनुहोस्

गगन थापाले अमरेश सिंहलाई दिए बधाई, मतदाताप्रति कृतज्ञता व्यक्त

काठमाडौं, फागुन २४ — गगन कुमार थापा ले अमरेशकुमार सिंह लाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई...

सुशीला कार्कीको दृढ नेतृत्वप्रति सम्मान

काठमाडौँ, फागुन २४ — अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपालको न्यायिक र राजनीतिक इतिहासमा विशिष्ट...

नयाँ शक्तिप्रति जनताको भरोसा : राष्ट्रिय स्वतन्त्र पार्टीमाथि ठूलो जिम्मेवारी

काठमाडौँ -नेपाली राजनीतिमा यतिबेला महत्वपूर्ण मोड आएको देखिएको छ। लामो समयदेखि सत्ता चलाउँदै आएका पुराना...

आज २०८२ साल फागुन २४ गतेको राशिफल

आज फागुन २४, २०८२ ( मार्च ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...