News Portal

वैदेशिक रोजगारीमा ठगीको जालो, ९ हजार युवाबाट ५ अर्ब रकम ठगियो

हिमालीसंचार संवाददाता
३७४ पटक

काठमाडौँ।
हरेक वर्ष वैदेशिक रोजगारीमा गएकाहरुबाट देश भित्रने रेमिट्यान्सको रकम थपिँदो छ। वैदेशिक रोजगारीमा गएकाहरुको रेमिट्यान्सले देशको अर्थतन्त्र हरियाली छ। तर सरकारले यही वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित अझै बनाउन सकेको छैन। यस क्षेत्रमा ठगिनेहरुको संख्या पनि कम छैन।

पछिल्लो ६ बर्षमा मात्र ९ हजार १ सय १० श्रमिक ठगिएका छन् र उनीहरुबाट ५ अर्ब बढी रकम ठगी भएको छ। तर ठगिएको रकम कम मात्र उठ्ने गरेको छ। त्यसमाथि ठगिने क्रम पनि रोकिएको छैन र यस्लाई नियन्त्रण पनि गर्न सकिएको छैन।

ठगिनेहरुले न्यूनतम ५० हजारदेखि २५ लाखसम्म गुमाएका छन्। वैदेशिक रोजगार न्यायाधीकरणले आफ्नो कार्यविधिमा ठगी प्रकरणमा ९० दिन भित्र फैसला सुनाउने व्यवस्था गरेको छ। तर दुर्भाग्य न्यायाधीकरणमा परेका मुद्दामा डेढ बर्षसम्म मुद्दाको सुनुवाईसमेत हुँदैन।

सरकारी निकायहरुको यही झञ्झटिलो व्यवस्था र ढिलासुस्तीले वैदेशिक रोजगारीको क्षेत्रमा हुने विकृति रोक्न झनै बिलम्ब हुँदै आएको छ। त्यसमाथि जनचेतनाका जति नै कुरा गरेपनि र वैदेशिक रोजगारीमा ठगीका कहालीलाग्दा घटना सार्वजनिक हुँदा पनि ठगिनेहरु अझै सचेत बन्न सकेका छैनन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...