News Portal

वैदेशिक रोजगारीमा ठगीको जालो, ९ हजार युवाबाट ५ अर्ब रकम ठगियो

हिमालीसंचार संवाददाता
३४२ पटक

काठमाडौँ।
हरेक वर्ष वैदेशिक रोजगारीमा गएकाहरुबाट देश भित्रने रेमिट्यान्सको रकम थपिँदो छ। वैदेशिक रोजगारीमा गएकाहरुको रेमिट्यान्सले देशको अर्थतन्त्र हरियाली छ। तर सरकारले यही वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित अझै बनाउन सकेको छैन। यस क्षेत्रमा ठगिनेहरुको संख्या पनि कम छैन।

पछिल्लो ६ बर्षमा मात्र ९ हजार १ सय १० श्रमिक ठगिएका छन् र उनीहरुबाट ५ अर्ब बढी रकम ठगी भएको छ। तर ठगिएको रकम कम मात्र उठ्ने गरेको छ। त्यसमाथि ठगिने क्रम पनि रोकिएको छैन र यस्लाई नियन्त्रण पनि गर्न सकिएको छैन।

ठगिनेहरुले न्यूनतम ५० हजारदेखि २५ लाखसम्म गुमाएका छन्। वैदेशिक रोजगार न्यायाधीकरणले आफ्नो कार्यविधिमा ठगी प्रकरणमा ९० दिन भित्र फैसला सुनाउने व्यवस्था गरेको छ। तर दुर्भाग्य न्यायाधीकरणमा परेका मुद्दामा डेढ बर्षसम्म मुद्दाको सुनुवाईसमेत हुँदैन।

सरकारी निकायहरुको यही झञ्झटिलो व्यवस्था र ढिलासुस्तीले वैदेशिक रोजगारीको क्षेत्रमा हुने विकृति रोक्न झनै बिलम्ब हुँदै आएको छ। त्यसमाथि जनचेतनाका जति नै कुरा गरेपनि र वैदेशिक रोजगारीमा ठगीका कहालीलाग्दा घटना सार्वजनिक हुँदा पनि ठगिनेहरु अझै सचेत बन्न सकेका छैनन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...