News Portal

कोशी कोरिडोरकाे २२० किलो भोल्ट प्रसारण लाईन सन्चालन

रबिन्द्र बराल
३७९ पटक

माेरङ -नेपाल बिद्युत प्राधिकरणद्वारा कोशी कोरिडोर २२० किलो भोल्ट प्रसारण लाईन सन्चालनमा ल्याएकाे छ ।
नेपाल सरकार तथा भारतीय एक्जिम बैंकको संयुक्त लगानीमा उक्त आयोजनाकाे निर्माणकार्य गरेको हाे ।
प्राधिकरणले राष्ट्रिय प्राथमिकता प्राप्त कोशी कोरिडोर अन्तर्गत पहिलो खण्डमा इनरुवा , धनकुटा, बसन्तपुर ,बानेश्वर-तुम्लिंगटार लाईनकाे प्रसारण निर्माण सम्पन्न गरेको छ । नेपालमा हालसम्म प्रसारण लाइनको निर्माण कार्य मध्ये यो प्रसारण लाईन सबभन्दा लामो र बढी क्षमता (२००० मेगावाट) को प्रसारण लाईन भएको बिधुत प्राधिकरण आयोजनाका निर्देशक राजन ढकालले बताए । प्रसारण लाईनकाे लम्बाई १०६ किलाे मिटर रहेको र नेपालमा हालसम्म प्रसारण लाइनको निर्माण गरिएको मध्ये उक्त प्रसारण लाईन सबै भन्दा लामो र बढी क्षमता रहेको छ ।

आयोजनाकाे कुल लागत ३७ मिलियन अमेरिकी डलर तथा नेपाली रुपैयाँ ४ सय करोड बराबरको रहेको छ । प्रदेश नं १ को सुनसरी, धनकुटा, तेर्हथुम, भोजपुर, संखुवासभा लगायतका जिल्लाको लागि आपूर्ति प्रणाली वा विश्वसनीयता बढाउनुको साथै यस क्षेत्रमा उत्पादित बिधुत लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोइन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ढकालले बताए ।

कल्पतरु पावर ट्रान्समिशन लिमिटेड, गांधीनगर, गुजरात भारतले उक्त निर्माणकार्य का लागि २०७४ गते निर्माणकार्य सुरु गरेता एक बर्ष अगाडि देखि काेराेनाकाे माहामरीमा समेत उक्त कम्पनीले नेपाल सरकारले २०७८असाेज १ गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने समय ताेके पनि कम्पनीले एक महिना अगाडि नै निर्माणकार्य सम्पन्न गरेको कम्पनी का प्रमुख श्री एस एस सिंहले बताए ।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...